Close This

बालबालिका मन्टेश्वरी स्कुलको प्रथम वार्षिक उत्सव कार्यक्रम सम्पन्न

सोमबार असोज १, २०७५/ Monday 09-17-18
Paschim Today

पश्चिम टुडे, धनगढी १ असोज । 
बाल बालिका मन्टेश्वरी स्कुल गोदावरी नगरपालिका १ अत्तरियाको प्रथम वार्षिक उत्सव कार्यक्रम विविधि कार्यक्रहरुको आयोजना गरी सम्पन्न भएको छ ।
वार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिका कार्यालयका शिक्षा शाखा प्रमुख राम प्रसाद  फुलाराले उद्घाटन गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिहरुमा मेन्टेश्वरी स्कुलका संस्थापक तथा उप–संयोजक गगन बहादुर चन्द, बुद्धिजीवि उमाकान्त रोस्यारा, पश्चिम टुडे मिडिया हाउसका खेम राज उपाध्याय रहेका थिए । 
शिक्षिका चन्द्रा के.सीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा बुद्धिजीवि उमाकान्त रोस्यारा, दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका प्राध्यापक गिरि सिं बोहरा, दुर्गा लक्ष्मी मावि तथा एभरेष्ट एकेडेमीका प्राध्यापक धन बहादुर खड्का, अभिभावकका तर्फबाट शेर बहादुर कैनी, प्रमुख अतिथि गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद फुलाराले शभकामना मन्तव्य व्यक्त गरेका थिए । 
बालबालिका मन्टेश्वरी स्कुलका संस्थापक अध्यक्ष डिल्ली राज ओझाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन धुव्र ओझा (शिरिस)ले गरेका थिए । 
२०७४ असोज १ गतेबाट ३ जना बालबालिकाबाट संचालनमा आएको मन्टेश्वरी स्कुलमा हाल ४८ जना बालबालिकाहरु भर्ना भएका छन् । स्कुलले मन्टेश्वरी तालिम प्राप्त शिक्षिकाहरुबाट मन्टेश्वरी बिधि र मल्टिमिडिया प्रविधिबाट विद्यार्थीहरुलाई पढाईरहेको शिक्षिका गोमा जोशी ओझाले जानकारी दिईन् । उनले बालबालिकाको आहारलाई मध्यनजर गर्दै ‘‘हरेक बार खाना ४’’ को तरिकाले सन्तुलित पौष्टिक भोजन बालबालिकालाई मन्टेश्वरी विद्यालयले व्यवस्था गरेको बताए । 
संस्थापक अध्यक्ष डिल्ली राज ओझाले न्यूनतम शुल्कमा मन्टेश्वरीमा प्ले गु्रप देखि नर्सरीसम्मको बालबालिकालाई घरायसी वातावरण अनुसार दक्ष शिक्षिकाबाट पढाई र खाना नास्ताको राम्रो व्यवस्था गरेको जानकारी दिए । उनले शुरुमा ३ बालबालिकाबाट पढाई शुरु गरेको मन्टेश्वरीमा हाल ४८ जना बालबालिका भर्ना हुनु हामीले दिएको गुणस्तरमा अभिभावकहरुले राम्रो मूल्यांकन र विश्वास गर्नुभएको बताए ।