Close This

बझाङ्ग कारागारमा बिरामीलाई समस्या

मंगलबार असोज २, २०७५/ Tuesday 09-18-18
Paschim Today

पश्चिम टुडे, बझाङ्ग २ असोज । 
बझाङ कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी भएपनि दुई बर्ष देखि कर्मचारी अभाब हुदा कारगारमा रहेका बिरामी कैदीलाई समस्या हुने गरेको छ । 
कारागारमा नियमित स्वास्थ्यकर्मी नबस्दा बिरामी कैदीहरु लाई बिरामी भएका बेला उपचारका लागी कारागार बाहिर लिन झञ्झट हुने गरेको छ । कैदीको उपचारकालाई नेपाल सरकारले सिनियर अहेबको दरबन्दी सिर्जना गरि उपचारमा समेत सहज होस भन्ने उदेश्य राखेको भएपनि स्वास्थ्यकर्मी अभावका कारण कारागारमा रहेका कैदीहरुलाई समस्या हुदै आएको हो । 
दुई बर्ष अगाडी ंकारागारमा रहेका हेल्थ असिस्टेन्ट सेते नेपाली सरुवा भएर डोटी जिल्ला गए देखि कारागारमा स्वास्थ्यकर्मीे हाल सम्म नपठाएको कारागारका जेलर राजेन्द्र बहादुर बोहराले बताए । उनले कारगारमा कैदीहरुको उपचारमा साह्रै समस्या हुने गरेको बताए । 
अहिले जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मी बोलाउनुका साथै विरामी भए निजि तथा जिल्ला अस्पतालमा कैदी लिएर उपचार गराउनु पर्ने बाध्यता रहेको पनि बोहराले बताए । लामो समय देखि जिल्ला कारागारमा कर्मचारी अभाब भएको भन्दै बारम्बार केन्द्रमा जानकारी गराएको भएपनि हाल सम्म समस्या समाधान नभएको समेत जेलर बोहोराको भनाई छ । 
कारागार भित्रै उपचारको ब्यबस्था भए राम्रो तथा सहज हुने कारागारका कैदीहरुको बताएका छन । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनुप रेग्मीले कारागारमा स्वास्थ्यकर्मी पठाउने काम बिभागको भएको बताउदै आफुहरुले आबश्यकता अनुसार चेकजाँचमा सहयोग गरेको बताए । २५ जना कैदी रहेको बझाड कारागारमा हाल अभियुक्त थुनुवा सहित ५६ जना कैदी रहेका छन् ।