Close This

अछाममा घरमै सुत्केरी गराउनेको संख्या धेरै

मंगलबार असोज २, २०७५/ Tuesday 09-18-18
Paschim Today

पश्चिम टुडे, अछाम २ असोज । 
अछाम  जिल्लाका अधिकाँस महिलाहरु जोखीम मोलेर घरमै सुत्केरी हुने गरेकी छन । 
घरैमा सुत्केरी गराउने प्रयास असफल भएपछि मात्र स्वास्थ्य सस्थामा लैजाने परम्परा जस्तै बनेको छ । पञ्चदेवल विनायक २ की २३ वर्षीया चन्द्र धामीलाई केही दिनअघि जिल्ला अस्पताल हुँदै नेपालगन्ज रेफर गरिए पनि उनको समयमै उपचार नपाएर मृत्यु भएको थियो । रगतको अभावले शरीरमा कम्पन हुन थालेपछि उनलाई नेपालगन्ज लगीएको थियो । 
गर्भावस्थामा नियमित जाँच र प्रसूति गराउन समयमै स्वास्थ्य संस्था लैजान नसक्दा उनलाई बचाउन नसकिएको स्वयंसेविका दुर्गा विकले बताईन । 
गाउँमा प्रसूति केन्द्र नहुँदा जोखिम मोलेर सुत्केरी हुनु परेको कमलबजार ३ बयालाकी २६ वर्षीया यशोदा खत्रीले बताईन । बयालाबाट कालिकास्थानको स्वास्थ्य चौकी जान ५ घन्टा लाग्ने भएकोले त्यता जान सक्ने अवस्था नभए पछि जोखिम मोलेरै भएपनि घरमै बच्चा जन्माएको उनले बताईन । नजिकै प्रसूतिगृह नभएको टाढा लैजान घरमा मान्छे कोही पनि नभएका कारण आफुले घरमै सुत्केरी हुनु परेको उनको गुनासो थियो। अछामका धेरै महिला अहिले पनि घरमै सुत्केर हुने गरेको स्वास्थ्य स्वयंसेविका धौली ढकालले बताईन । 
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घरमै सुत्केरी हुने महिलाको संख्या २५ प्रतिशत रहेको छ। जिल्ला भरि ६५ वटा बर्थिङ सेन्टर भए पनि अधिकांश ग्रामीण महिला सुविधा लिनबाट वञ्चित रहेका छन । तथ्यांकले सुरक्षित सुत्केरी गराउनेमा बढी शहर बजारका महिला रहेको देखाएको छ । अधिकांश ग्रामीण भेगका महिलाले घरमै बच्चा जन्माउने गरेका छन ।