Close This

संविधान दिवसको अबसरमा महिला र पुरुष भलिवल प्रतियोगिता 

मंगलबार असोज २, २०७५/ Tuesday 09-18-18
Paschim Today

प्रेम रौले/बाजुरा २ असोज । 
देशका विभिन्न समयमा लड्दै जनताको बलिदानीपछि आएको संविधान दिवसको अवसर पारेर शोमबार देखि बाजुरामा खुला महिला र पुरुषको मैत्रीपुर्ण भलिवल प्रतियोगिता संचालन गरिएको छ । 
    संविधान दिवस जिल्ला मुल समारोह समितिको आयोजनामा उक्त प्रतियोगिता संचालन गरिएको मुल समारोह समितिका सदस्य सचिव तथा जिल्ला समन्वय समिति बाजुराका समन्वय अधिकारी जंग बहादुर थापाले जानकारी दिएका छन् । 
    जानकारी अनुसार महिला भलिवल पतियोगितामा विद्यालय सहित ८ टिम सहभागी भएका छन् ।  निजामती कर्मचारी सुरक्षाकर्मी बीच पनि मैत्रीपुर्ण भलिवल प्रतियोगिता हुने संविधामन दिवस मुल समारोह समिति उप समिति संयोजक तथा नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले बताएका छन् । 
    खुला मैत्रीपुर्ण भलिवल प्रतियोगितामा महिला तर्फ मालिका नमुना माध्यमिक विद्यालय सिनियर,,मालिका नमुना विद्यालय जुनियर,मार्तडी बजार क्षेत्र,बाजुरा क्याम्पस,क्रियटर एकेडेमी,बडीमालिका बोर्डिङ्ग,गौमुला गाउँपालिका र जिल्ला स्वास्थ्यको टिमले सहभागिता जनाएको आयोजकको भनाई रहेको छ । 
    खुला महिला मैत्री भलिवल प्रतियोगितामा मालिका नमुना माध्यमिक विद्यालय जुनियर र क्रियटर जोन एकेडेमी बीच भएको छ ।भने दोस्रो बाजुरा क्याम्पस र मालिका नमुना विद्यालय सिनियर विच प्रतिस्पर्धा हुने भएको छ । यसैगरी बडीमालिका बोडिंग,मार्तडी बजार र अन्तिम खेल जिल्ला स्वास्थ्य कार्यालय र गौमुल गाउँपालिकाको टिम बीच खेल हुे भएका छन् । 
प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुनेलाई क्रमशःपाँच हजार,तिन हजार र दुई हजार पुरस्कार रहेको आयोजकले जनाएको छ । स्तै पुरुषमा भलिबल प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई क्रमशः पाँच हजार र तिन हजार पुरस्कारको राशी रहेको बताइएको छ ।
    यसैगरी संविधान दिवसको अवसरमा व्याटम्यान्टिन समेत संचालन गरिएको छ । प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई क्रमशः पाँच हजार र तिन हजार पुरस्कार रहेको जिल्ला मुल समितिले बताएको छ । खेल क्षेत्रमा महिलाको पहँच पर्याउने उद्देश्यले भलिवल प्रतियोगिता संचालन गरिएको बताइएको छ ।