Close This

धनगढीमा निर्मलाको न्यायका लागि प्रदर्शन

मंगलबार असोज २, २०७५/ Tuesday 09-18-18
Paschim Today

पश्चिम टुडे, धनगढी २ असोज । 
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय दिलाउन कैलालीको धनगढीमा बिरोध प्रदर्शन भएको छ ।
धनगढीको पार्कमोडबाट सुरु भएको बिरोध प्रदर्शन मुख्यमन्त्रि कार्यालय अगाडि पुगेर कोण सभामा परिणत भएको थियो । उनिहरुले निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति दिने सरकारले निर्मलाका हत्यारा समात्न चासो नदेखाएका आरोप लगाएका छन । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ५४ दिन भन्दा बढी बितिसक्दा पनि दोषी पक्राउ गर्न सकेको छैन । सरकारले घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै स्वतन्त्र नागरिक समाज कैलालीले धनगढीमा बिरोध प्रदर्शन गरेको हो ।