Close This

पशु ब्यबस्थापन स्थानीय सरकारको चुनौती

मंगलबार असोज २, २०७५/ Tuesday 09-18-18
Paschim Today

पश्चिम टुडे, धनगढी २ असोज । 
सामुदायीक पशुचौपया कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय सरकारका लागि टाउको दुखाई भएका छन् । स्थानीय सरकारहरुले सामुदायीक पशु चौपया ब्यबस्थापनलाई मुख्य चुनौतीको रुपमा समेत लिएका छन् ।
स्थानीयतहहरुले ब्यबस्थापनका हरेक प्रयास गरिरहेका भएपनि पूर्ण हुन सकिरहेको छैन । अहिले पनि हजारौ सामुदायीक पशु चौपायाहरु सडकमै देखिन्छन् । 
सामुदायीक पशुचौपया ब्यबस्थापन गर्न नसकेको आरोप स्थानीय सरकारलाई लाग्न थालेको छ । तर कुनै एकवटा मात्रै स्थानीय सरकारले यो समस्या समाधान गर्न सक्ने अबस्था नरहेको जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापा बताउँछन् । यही कारण कैलालीका १३ वटै स्थानीयतहका प्रमुखले प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट संग भेटेर समस्या समाधानका लागि छलफल  गरेको संयोजक थापाले बताए । मुख्यमन्त्री त्रिलोचन भट्टले योजना बनाएर ब्यबस्थापन नगरे सम्म सामुदायीक पशुचौपयाको समस्या समाधान हुन नसक्ने भन्दै प्रदेशतहबाट समन्वय गर्ने छलफलमा आश्वासन दिएको थापाले बताए । उनले भने,‘ केहि दिन भित्रै पुनः मुख्यमन्त्री संग भेटेर यही बिषयमा छलफल गर्ने योजना छ । सामुदायीक पशु चौपयाको ब्यबस्थापन कुनै एउटा स्थानीयतहको मात्रै नभएको संयोजक थापाले   बताए । उनले भने,‘यो प्रदेशकै समस्या हो । त्यही भएर प्रदेश सरकारको ध्यान आकर्षित गराएका हौं । उनले सडकमा गाईगोरु छोड्ने कुरालाई निरुत्साहित गर्ने र छोडिएकालाई ब्यबस्थापन गर्ने गरि काम अगाडी बढाउनु पर्ने बताए । 
धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले निर्वाचित भएर आउने बित्तिकै दुईवटा गौशला संचालनमा ल्याएको बताए । उनले भने,‘धनगढीमा गौशला संचालनमा छ भन्ने कुरो हल्ला भएपछि अन्य स्थानीय तहमा रहेका सामुदायीक पशुचौपया धनगढीको सिमानामा छोडिन थाले । धनगढी उप–महानगरपालीकाले वडा नं ७  देवरियामा गौशला संचालनमा ल्याएको छ । धनगढीकै वडा नं १४ को फुलबारीमा संचालनमा ल्याईएको गौशला अहिले बन्द छ । यहाँ रहेका ९ सय गाई बझाङ्गका दुईवटा स्थानीयतह संग समन्वय गरेर त्याहाँ पठाईएको धनगढी उप–महानगरपालीकाका प्रमुख वडले बताए । आफुले दुध खाएका गाईहरु सडकमा छोड्नेहरुले सामुदायीक पशुचौपयाको ब्यबस्थापन नगरपालीकाको मात्रै काम हो भनेर हल्ला गर्न सुहाउदैन नगरप्रमुख वडले भने,‘यो समस्या कुनै एउटा मात्रै स्थानीय सरकारको नभएर कैलाली र कञ्चनपुरका सबै स्थानीय सरकरका लागि समस्या भएको छ । 
सामुदायीक पशु चौपयाहरु जिल्लाको नै समस्या भएकाले साझा रुपमा समाधानको उपाय निकाल्नका लागि जनप्रतिनिधीहरु बिच छलफल भैरहेको धनगढी उप–महानगरपालीकाका प्रमुख वडले बताए । उनले भने,‘सामुदायीक पशु चौपयाको निश्चीत सिमाना हुदैन एक स्थानीयतहबाट अर्को स्थानीयतहमा आईरहेका छन् । धनगढी उप–महानगरपालीकाले मात्रै प्रदेशभरीमा गौशला निर्माण गरेको बताए । 
गौरीगंगा नगरपालीकाका प्रमुख भिमबहादुर देउवाले कैलाली जिल्लाभरीमा रहेका सामुदायीक पशुचौपया एकै ठाउँमा ब्यबस्थापन गर्ने बिषयमा स्थानीयतहरु बिच छलफल भैरहेको बताए । कैलालीका सबै स्थानीय सरकारको पहिलो चुनौती भनेकै सामुदायीक पशुचौपयाको ब्यबस्थापन गर्नु भएको छ नगरप्रमुख देउवाले भने,‘सामुदायीक पशु चौपडाले खेतीपाती नोक्सान पु¥याएकाले यसको प्रभाव पहाडी जिल्लामा खाद्यान्न आपूर्तीमा पर्ने छ ।
गोदावरी नगरपालीकाका प्रमुख हरी साउदले सामुदायीक पशुचौपयाको ब्यबस्थापन कैलालीका सबै स्थानीय सरकार र प्रदेश सरकार मिलेर गर्ने बिषयमा छलफल भैरहेको बताए । उनले भने,‘जती संख्यामा सामुदायीक पशुचौपया ब्यबस्थापन ग¥यो त्यती संख्या सडकमा थपिदै छन् । कैलालीको बर्दगोरीया गाउँपालीकाका अध्यक्ष बलीराम चौधरीले घरका गाईगोरु सडकमा ल्याएर छोड्ने र स्थानीय सरकारले ब्यबस्थापन गरेन भन्दै हल्ला गर्नेहरु संग अलोचना गर्ने अधिकार नै नभएको बताए । उनले भने,‘ ठूलो संख्यामा रहेका सामुदायीक पशु चौपया एउटा मात्रै सरकारले ब्यबस्थापन गर्न सक्दैन । धनगढीका केहि ब्यक्ति र संस्थाले पनि गाई बचाउ अभियान संचालन गरेका भएपनि असफल भएका छन् ।
भारतीय सिमाबाट भित्रीन्छन् गाईगोरु 
सिमावर्ती बस्तीका बासिन्दाहरुका अनुसार कैलाली र कञ्चनपुरमा भारतीय सिमाबाट सामुदायीक पशु चौपया भित्रीने गरेका छन् ।
भारतीय सिमावर्ती बस्तीका किसानहरुले हुलकाहुल गाईगोरुहरु रातारात नेपाली सिमानामा छोड्ने गरेको बताईएको छ । उत्तर प्रदेशको मुख्य मन्त्री योगि आदित्य नाथले त्यहाँ रहेका बधशालाहरु बन्द गराए संगै सामुदायीक पशुचौपयाको संख्या बढेको पलीया भारतका राजन गुप्ताले बताए । उनले भने,‘उत्तर प्रदेशमा पनि सामुदायीक पशुचौपयाको समस्या छ ।
यस अघि नेपालबाट समेत भारतबाट आउने तुर्काहरुले गाईगोरु खरिद गरेर लैजाने गर्दथे । अहिले खरिद गर्नेहरु नआउने भएपछि यहाँ समेत गाईगोरु सडकमा छोडिन थालेका छन् । सामुदायीक बनमा समेत चरिचरनमा रोक लगाएकाले गाईगोरु पाल्न समस्या रहेको कैलारी ९ का कृष्णा चौधरीले बताए ।