Close This

बाल विवाह रोक्न रणनीति बनाइदैँ

मंगलबार असोज २, २०७५/ Tuesday 09-18-18
Paschim Today

प्रेम रौले 
बाजुरा, असोज २ गते ।
जिल्लाको बुढीगंगा नगरपालिकाल बाल विवाह बढेको भन्दै उक्त कार्य रोक्नका लागि  रणनीति बनाउन थालेको छ । 
नगरपालिकाको १० वटै वडामा बाल वडा संरक्षण समिति गठन गरी बाल विवावह न्यूनीकरण रणनीतिक रुपमा अगाडि बढ्न थालेको हो । समितिले बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकायसंग समन्वय गरी  सुझाव संकलन गरेर रणनीति तयार गर्न लागेको नगर प्रमुख दीपकविक्रम शाहले बताएका छन् । 
    जिल्लामा रहेका गैर सरकारी संस्थाहरुले बाल विवाह न्यूनीकरणमा काम गर्दै आएका संस्थाहरुको सुझाव लिइ रणनीति तयार गरिने उपप्रमुख तारा खातीले जानकारी दिइन् । 
    नगरस्तरमा बाल विवाह न्यूनीकरण गर्नका लागि सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।  केही समय यता बाल विवाह सम्बन्धीका सचेतना तथा अभिमूखिकरण कार्यक्रम संचालन हुन थालेपछि कमी आएको बताइन्छ ।
     बाल अधिकार र बाल संरक्षणका विषयमा समेत छलफल भएको थियो । बालबालिकाले पाउनु पर्ने नैसर्गिक अधिकार र उनीहरुलाई उचित संरक्षण हुनु पर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । 
यसैबीच, बुढीगंगा नगरपालिकामा नगर स्तरीय बाल संरक्षण समिति गठन गरिएको छ । नगर उप प्रमुख तारा खाती थापाको सयोजकत्वमा १० सदस्यीय संंरक्षण समिति गठन गरिएको बुढीगंगा नगरपालिकाले जनाएको छ । 
    संरक्षण समितिमा शिक्षा शाखा प्रमुख उमेश रेग्मी, स्वास्थ्यबाट दीपकबहादुर शाह, गैससबाट पीसविन बाजुरा, महिला तथा बालबालिका समाज कल्याण शाखा सदस्य रहने गरी १० सदस्यीय नगर स्तरीय बाल संरक्षण समिति गठन गरिएको हो । 
    यसैगरी प्रत्येक वडाका वडा अध्यक्ष संंयोजक रहने गरी वडा स्तरीय बाल संक्षरण समिति समेत गठन भएको बुढीगंगा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत  उमेशराज रेग्मीले बताए । 
    नगरपालिकाका प्रमुख, उप प्रमुख कार्यपालिका सदस्य वडाअध्यक्ष, विद्यालयका शिक्षकहरुलाई बाल अधिकार तथा बाल संरक्षण म्बन्धी एक दिने अभिमूखीकरण तथा अन्तरक्रिया कार्यक्रम बुढीगंगा नगरपालिकामा गरिएको थियो ।  गुड नेवर्स इन्टरनेश्नलका आर्थिक सहयोग तथा बुढीगंगा नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम संचालन गरिएको हो ।