Close This

एक व्यक्ति मृत फेला

मंगलबार असोज २, २०७५/ Tuesday 09-18-18
Paschim Today

कृष्ण बिष्ट,
बैतडी, असोज २ गते ।
डडेल्धुराको अमरगढी नगरपालिका ६ दमडा बस्ने २७ वर्षीय इन्द्र बहादुर ताम्राकार मृत अवस्थामा फेला परेका छन । 
वडा नं ६ र ७ को सिमाना परेगाड खोलमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालसिंह बिष्टले बताए । मंगलवार साँझ करिब ५  बजे नजिकैको परेगाड खोलमा उनी मृत अवस्थामा फेला परेका हुन । 
ताम्राकार १ हप्ता पहिले घरबाट व्यापारको शिलशिलामा बझाङको लागि निस्केका र भदौ ३१ गते त्यहाँबाट फिर्ता भएकोमा आफ्नै गाउँ नजिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनले घटनाको प्रकृति हेदा ३÷४ दिन अगाडि नै उनको मृत्यु भएको जस्तो देखिएको बताए । शव पोष्ट मार्टमका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ ।