Close This

निर्मलाको मावली गाउँमा प्रदर्शन

निर्मला पन्त हत्या प्रकरण

बुधबार असोज ३, २०७५/ Wednesday 09-19-18
Paschim Today

धनगढी,३ असोज
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पक्राउ गरि कार्वाहीको माग राख्दै उनको मावलीगाउँ डोटीको बुडरमा प्रदर्शन भएको छ ।
निर्मलाको मावली गाउँ डोटीको जोरायल गाउँपालीका २ बुडर हो । जोरायल बहुमुखी क्याम्पसमा रहेका नेपाल विद्यार्थी संघको अगुवाईमा  गरिएको प्रदर्शनमा सयौको उपस्थीति रहेको थियो । बिरोध ¥यालीले बुडर बजार परिक्रमा पछि भिमदत्तपन्त चौकमा कोणसभामा परिणत भएको जोरायल बहुमुखी क्याम्पसका स्वबियू सभापती जितेन्द्र बोहराले बताए । बहिरो सरकार मुद्र्धावाद, गृहमन्त्री राजीनामा दे, बलात्कारीलाई कार्वाही गर जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेका प्रदर्शसनकारीहरुले सरकार नै बलात्कारीको अभिभावक भएको आरोप लगाए । 
हत्यारालाई राज्यले नै बचाउन खोजिरहेको छ विद्यार्थी नेता बोहराले भने,‘दुई महिना पुग्नै लाग्दा समेत दोषी पक्राउ गरेर सार्वजनिक गर्न नसक्नु सरकारको कमजोरी हो । बोहराले राज्यले दोषी बचाउनकै लागि प्रमाण नष्ट गर्दै गएको बताए ।