फरार युवतीहरु फेला

बिहीबार असोज ४, २०७५/ Thursday 09-20-18
Paschim Today

धनगढी, ४ असोज । माइती नेपाल धनगढीको सेफ हाउसबाट फरार भएका दुई युवती फेला परेका छन् । 
    गएको शनिवार १० बजेराति डोटीको जोरायलकी एक १६ वर्षीया र कैलालीको चुरे गाउँपालिकाकी १४ वर्षीया दुई युवती भागेका थिए । डोटीको युवतीले आफू भाग्नेक्रममा चुरेकी किशोरीलाई पनि संगै लगेको र दुवै जना आ–आफ्नो परिवारको सम्पर्कमा रहेको माइती नेपाल धनगढीमा प्रमुख शिवचरण चौधरीले जानकारी दिए । 
    उनीहरु झुलको डोरी बनाइ त्यसको सहारामा माथिल्लो तलाबाट झरेर भागेका थिए ।