Close This

‘जम्बोरी नाइट’का लागि छानिए मोडल

आइतबार असोज ७, २०७५/ Sunday 09-23-18
Paschim Today

काठमाडौं, ७ असोज । आउँदो २६ असोजमा राजधानीमा ‘जम्बोरी नाइट’ नामक ‘फेसन शो तथा म्युजिकल नाइट’ हुने भएको छ । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा विभिन्न डिजाइनरको क्रियटिभमा पहिरनमा मोडलहरु ¥याम्पमा प्रस्तुत हुँदैछन् ।


ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लवमा हुने उक्त फेसन तथा म्युजिकल नाइटमा जोजोलप्पा कलेक्शनकी प्रतिमा महर्जन, मृगातृष्णा बुटिककी तृष्णा गुरुङ तथा आईआईएफटीका प्रमिला उप्रेती, सनम लामिछाने र अमृता श्रेष्ठलगायतका फेसन डिजाइनरहरुको क्रियटिभ पहिरनमा एक दर्जन मोडलहरुले ¥याम्प नाप्ने इमेन्ट निर्देशक तथा मोडल विपना थापाले बताइन् । उनका अनुसार उक्त कार्यक्रममा विभिन्न गायक÷गायिकाको प्रस्तुती रहने भएको छ । उनले भनिन्, ‘जम्बोरी नाइट’ फेसन र म्युजिकको फ्युजन कार्यक्रम हो ।’


उक्त फेसन नाइटका लागि आइतबार राजधानीमा मोडलहरुको अडिशन लिइएको छ । सो अडिशनबाट १२ जना व्यवसायी फिमेल मोडलहरु छनोट भएका छन् । अडिशन दिन आएका ४० भन्दा बढी मोडलबाट ती मोडलहरु छनोट गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार छनोट भएका मोडलहरुलाई रिर्हसल गराई स्टेजमा प्रस्तुत गरिने छ ।