Close This

वर्षाको पानीले पटक–पटक किन डुब्छ धनगढी ?

बुधबार असोज १०, २०७५/ Wednesday 09-26-18
Paschim Today

धनगढी, १० असोज लगातार एक डेढ घण्टामात्रै मुसलधारे पानी ¥यो भने धनगढीको विभिन्न ठाउँ जलमग्न हुने गर्दछ यस्तो समस्या विगत पाँच÷ वर्ष यता नियमित निम्तिएको खोलामा आधापनि पानी हुदैन तर, धनगढीको मुख्य सडक स्थित पार्कमोड, एलएन चौक सहित नैनादेवी रोड, विशालनगर, शिवनगर डुबेर आवतजावतमा समेत समस्या हुने गर्दछ

                मङ्गलवार विहान परेको पानीले असोजको दोस्रो सातामा धनगढी यस्तै गरी डुवेको थियो विहान भएको मुसलधारे वर्षाको पानी भरिएपछि प्रदेश नम्बर को प्रदेश सभा भवन, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सशस्त्र प्रहरीको कार्यालय लगायत स्थानीयका घर समेत डुबानमा परेको थियो सडक जलमग्न भएपछि आवत जावतमा समस्या भएको थियो यद्यपि, डुबान केहि घण्टामात्रै भएको थियो वर्षा रोकिएपछि डुबान भएको ठाउँको पानी घटेको थियो

 

 

वर्षाको पानीलेमात्रै किन पटकपटक डुव्छ धनगढी ? पानीको उचित निकास हुने ढल नभएको खोलानाला अतिक्रमणको कारणले यस्तो समस्या भोग्नु परेको नगरवासीले बताएका छन् स्थानीय सरकार आएपछि पानी निकासको उचित व्यवस्था भइ समस्याबाट छुटकारा मिल्ने अपेक्षा गरे पनि पुनः त्यस्तै समस्या दोहोरिएको उनीहरुले गुनासो गरेका छन्  

नगरवासीलाई डुब्नबाट जोगाउनका लागि स्थानीय सरकारले उचित कदम चाल्नु पर्नेमा गम्भीर नबनेको स्थानीय विपिन श्रेष्ठले गुनासो गरे उनले धनगढी उपमहानगरपालिकाले नाली सफा गर्ने काम पनि देखावटीमात्रै रहेको आरोप लगाए

उनले भने–‘नगरपालिकाले ढल निकासको राम्रो व्यवस्था गर्न सकेको छैन भएका ढलहरुको सफाई पनि राम्रो तरिकाले गरिदैंन पिँधसम्म ढल सफाई नभएपछि कसरी पानीको निकास होस ?’

 

 

                एक÷दुई घण्टामात्रै पानी परेपछि धनगढी डुवेको यो नौलो होईन यसअघि, विगत वर्षमा पनि प्रदेश नम्बर को अस्थायी राजधानी समेत रहेको धनगढी वर्षाकै पानीले डुबेको थियो धनगढीमा हुँदै आएको डुवान समस्या दीर्घकालिन रुपमा समाधानका लागि सडक छेउछाउमाड्रेनबनाउन आवश्यक रहेको योगेन्द्र महतोले बताए ड्रेन बनाएपछि पानी निकास सहज हुनेछ उनले भने

                स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि डुबान समस्याको समाधान हुने धेरै अपेक्षा गरेको नगरवासीले बताएका छन् धनगढीमा रहेको खोला विभिन्न ठाउँमा मिचिएको खोला अतिक्रमण गरेर घर समेत बनाइए पनि अतिक्रमण हटाउन सकिएको छैन धनगढी उपमहानगरपालिकाले डुबान समस्या समाधानका लागि अतिक्रमण हटाउने भन्दै आएको वर्षदिन बितेको यसअघि, अतिक्रमित क्षेत्रको पहिचान गर्न सर्वेक्षण गर्ने कार्यको थालनी गरिए पनि त्यस कार्यले समेत पूर्णता पाउन सकेन

 

 

                खोलानाला नै थुन्ने गरी भएको अतिक्रमण अवरोध हटाउन नसकिंदा हरेक वर्ष डुबान समस्या दोहोरिने गरेको यसैगरी, नगरवासीले समेत भएभरका फोहोर ढल, नहर खोलामा फालेर पानी निकासमा अवरोध पु¥याउँदै आएका छन्

                पार्कमोडमा पुस्तकको व्यापार गर्दै आएकी बिनु चुवाईले नहर, कुलोको सरसफाइमा व्यापारी नगरवासीले पनि ध्यान दिनु पर्ने बताइन् नगरपालिकालेमात्रै ध्यान दिएर समस्याको समाधान हुँदैन समस्या सृजना हुने गरी फोहोर जथाभावी फ्याँक्ने नगरवासी, व्यापारीले पनि ध्यान दिनु ¥यो’, उनले भनिन् धनगढीमा हुने गरेको डुबान समस्याको दीगो समाधानका उपाय अपनाउन आवश्यक रहेको चुवाईको भनाइ थियो

                ढलको उचित व्यवस्थापन हुन नसक्नु पानीको प्राकृतिक निकासमा भएको अवरोधले डुबान समस्या बर्सेनि भोग्नु परेको जनाइएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा नम्बर का अध्यक्ष सन्तोष मुडभरीले हिजोका दिन पानी सजिलै निकास हुने ठाउँमा आज बस्ती बसेकाले डुवान भइरहेको बताए

                ‘पानीको प्राकृतिक निकास हुने खल्ला ठाउँमा आज ठूलठूला घर बनेका छन्’, उनले भने–‘पानीको प्राकृतिक निकास रोकिएकाले डुबान समस्या हुन थालेको हो अध्यक्ष मुडभरीले सडक छेउमा ढल बनाएर सरसफाइ गरेरमात्रै यो समस्या समाधान नहुने दावी गरे  

 

 

                ‘धनगढी उपमहानगरपालिकाले सडक छेउछाउमा ढल बनाउनुका साथै, त्यसलाई सफाइ पनि गर्दै आएको त्यो सामान्य पानी निकासका लागि मात्रै हो’, उनले अगाडि थपे–‘डुबान समस्याबाट जोगिन पानीको प्राकृतिक रुपमा हुने निकास थुनिएको क्षेत्रलाई नै व्यवस्थित गर्न आवश्यक ढल बनाएरमात्रै समाधान हुँदैन जयमालिका कलेजले निर्माण गरेको पर्खालकै कारणले पनि वडा नम्बर को नैनादेवी परिश्रम टोल पुरै डुबान भएको अध्यक्ष मुडभरीले जानकारी दिए

                धनगढीभित्र हिउँदमा खल्ला ठाउँमा जग्गा देखाएर त्यसलाई घरेडीमा परिणत गर्ने कार्य भइरहेको ती खल्ला ठाउँमा बनेका बस्ती नै सबैभन्दा पहिले डुब्ने गरेका छन्