Close This

अलीअली तिम्रो माया गीतको भिडिओ सार्वजनिक

नेपाल आइडल सिजन एकका सेकेन्ड रनरअप प्रताप दासको स्वर रहेको उक्त गीतमा शब्द, संगीत तथा निर्माण मनोज सुनुवार का ेरहेको छ भने सन्जीव बाराएलीले संगीत संयोजन, श्रृङ्गार अरुणा घिमिरे , नित्य निर्देशन जास्मिन मगर छांयाकार आभेस बज्रचार्य सम्पादन माधव बेल्बासे अभि

बुधबार असोज १०, २०७५/ Wednesday 09-26-18
Paschim Today

'माया माया माया ए माया, खोजी हेरिनौ प्रिय खोजी हेरिनौ जानु छ जहाँ, तिमीले सोधी हेरिनौ जस्ता सुगम संगीत दिई सकेका र नवयुवा संगीतकारबाट सम्मानित भइसकेका मनोज सुनुवार एक दशकपछि फेरी अली अली तिम्रो माया अली अली मेरो माया गीत लिएर पुनः सांगितिक क्षेत्रमा आएका छन । 

नेपाल आइडल सिजन एकका सेकेन्ड रनरअप प्रताप दासको स्वर रहेको उक्त गीतमा शब्द, संगीत तथा निर्माण मनोज सुनुवार का ेरहेको छ भने सन्जीव बाराएलीले संगीत संयोजन, श्रृङ्गार अरुणा घिमिरे , नित्य निर्देशन जास्मिन मगर छांयाकार आभेस बज्रचार्य सम्पादन माधव बेल्बासे अभिनयमा सरस्वती लामा, दिलकमल क्षेत्री र भिडिओ निर्देशन अमृत सुनुवारको रहेको छ ।

अहिलेको चलेको गीतभन्दा फरक तथा नयाँ पुस्ताका किशोर तथा किशोरीबीचको माया प्रेमलाई आधार मानेर बनाइएको र गीत निकै मेलोडियोस भएकोल ेयो गीत युवायुवतीबीच निकै लोकप्रिय हुने आशा गायक प्रताप दासले गरेका छन् ।