Close This

मेयर एसपीए कपको उपाधि एसपीएलाई

सोमबार असोज १५, २०७५/ Monday 10-01-18
Paschim Today

धनगढी, १५ असोज । कैलाली बहुमुखी क्याम्पसलाई तीन शून्यको सोझो सेटमा पराजित गर्दै मेयर एसपीए कप अन्तर कलेज स्तरीय छात्रा भलिबल प्रतियोगिताको उपाधि एसपीए कलेजले हात पारेको छ । 
आइतबार सम्पन्न फाइनल खेलमा आयोजक एसपीए कलेजले कैलाली बहुमुखी क्याम्पसलाई २५–१९, २५–८ र २५–१६ को सोझो सेटमा सजिलै पराजित गरी उपाधि हात पारेको हो । 
उपाधिसंगै एसपिएले २५ हजार सहित ट्रफी, दोश्रो भएको कैलाली बहुमुखी क्याम्पसले १५ हजार सहित ट्रफी र तेश्रो भएको शारदाले १० हजार सहित ट्रफी पुरस्कार हात पारेका छन् ।  
यसअघि एसपीएले बेहडा बाबा र कैलाली बहुमुखी क्याम्पसले शारदा माविलाई पराजित गर्दै फाइनलयात्रा तय गरेका थिए । 
फाइनल खेलको उत्कृष्ट खेलाडी एसपीएकी सुशीला देउवा भइन भने एसपीएकै सरस्वती जोशी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भइन् । प्रतियोगितामा उपमहानगरपालिका भित्रका ६ वटा कलेजहरुकोे सहभागिता रहेको थियो । विजयी विद्यालय र उत्कृष्ण छात्राहरुलाई धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।