Close This

खुशी

खोक्रा आडम्बर र अत्याधिक अहमताको कारण मान्छे आफू मात्रै दुःखी हुदैंन आफु संग सम्बन्धित मान्छेहरुलाई पनि दुःखी बनाउँछ । जसलाई सबै भन्दा बढी माया गर्छु भन्छ उसै माथि हिंसा गर्न पुग्छ । मानिस आफूलाई अरुले नबुझिदिएको गुनासो गर्छ । तर आफूले आफैलाई कति बुझेका

मंगलबार असोज १६, २०७५/ Tuesday 10-02-18
Paschim Today

प्रकृती भुवन | मानिस जिवन भर जिउन नजानेरै जिउँछ । जिवनभर सुखी र खुशी कसरी हुने भन्ने ध्याउन्न मै कस्तुरी मृग झैं भौतारी रहन्छ । कोही समय रहदैं कस्तुरी पहिल्याउन्छन् । कोही जीवन भर भौतारिन्छन् । धनको ध्याउन्नमा लागेका मानिसलाई धेरै धन होला र सुखी हुलाँ भन्ने लाग्छ । प्रेमको अभाव भएका लाई प्रेमले पूर्ण हुलाँ अनि त सुखी हुलाँ भन्ने लाग्छ । कसैले भौतिकता लाई सुख र खुशी संग जोड्छन, कसैले आत्मिक सुखलाई सुख र खुशी संग जोड्छन् । 

आम व्यवहारलाई हेर्ने हो भने औषतमा खुशी र सुख भनेको त्यो जिनिस हो, जुन अरु संग छ तर हामी संग छैन् । जुन अरुलाई सजिलै प्राप्त छ तर हाम्रो वरपर पनि आउन मान्दैंन् । 
आमा बुवा छोरा छोरीले आफूले भनेको बाटोमा नहिड्दा दुःखी छन् । छोरा छोरी स्वतन्त्रता नपाएर दुःखी छन् । श्रीमती श्रीमानले समय नदिएर दुःखी छे, श्रीमान श्रीमतीले आफूलाई नबुझिदिएर । जागीरे जागीरले दुःखी छन् । बेरोजगार रोजगारको अभावले । व्यवसायी व्यवसायले दुःखी छन् । किसान खेतीले । अझ अहिलेको सन्दर्भमा भन्ने हो भने सचेत वर्गको दुःख देशको अपरिपक्व र अस्थिर राजनितिले बढाएको छ । अनि लाग्छ आखिर सुखी को त? खुशी के मा त? व्यक्ति पिच्छे धारणा फरक हुन सक्छन् । जसले जे कुराको अभाव महशुस गर्छ उसलाई त्यहि कुराको प्राप्ती पछि मात्र सुखी हुँला भन्ने लाग्छ । के त्यस पछि मानिस सुखी हुन्छ त? अह ! त्यतिबेला सम्म मानिसलाई दुःख मै रमाउने बानी परि सकेको हुन्छ । उसले अर्को दुःखी रहने बाटो खोजी सकेको हुन्छ । दुःखमा रमाउने व्यत्तिाmले हरेक परिस्थितिलाई दुःख पूर्ण बनाउँछ । जसले उ वरीपरीको वातावरण समेत नकारात्मक हुन जान्छ । मानिस सधैं आज भन्दा हिजो र भोलीमा रमाउन अभ्यस्त छ । हिजो र भोलीको जन्जालले मानिस जति आफूलाई जकडिन्छ त्यति उसको वर्तमान मुठ्ठीमा भएको बालुवा जस्तै विस्तारै विस्तारै हातबाट फुस्किरहेको हुन्छ । 
भोली सवै थोक पूर्ण होला र सुखी हुँला भन्दा भन्दै जिन्दगी आधा भै सक्छ । हिजो र भोली हाम्रो हातमा छैन् । आज हाम्रो हातमा छ । भोली कसले देखेको छ र जुन हिजो भैसक्यो त्यसले के अर्थ राख्छ ? हिजो सिकाई बन्न सक्ला तर के रिक्याप गरेर आफ्नो इच्छा अनुसार परिवर्तन गर्न सकिन्छ ? जुन भोली हामीलाई आश मात्र देखाइरहन्छ भोली.....भोली.....भोली । जुन भोली हुन्छ त्यो हरेक दिन आज हुन्छ र भोली फेरी भोली भैसक्छ । हाम्रो पकड मै नआउने भोली को नि के काम ? यदि केही सत्य छ भने त्यो मात्र आज हो । आजमा बाँच्न सिकौं । हिजो र भोलीको ललिपपमा लोभ्भिरह्यौं भने कसरी हुन सकिएला त सुखी र खुशी? भनिन्छ जीवन रहस्य नभएर गणित हो जसलाई सुल्झाउन सकिन्छ । अब जीवनलाई रहस्य मानेर अल्झाई रहने कि सुल्झाएर सहज जीवन जीउने हाम्रै हातमा छ ।  
जव सम्म हामी आफ्नो काममा रमाउन सक्दैनौं तव सम्म हामी सुखी र खुशी रहन सक्दैनौं । आफ्नो कामलाई जव सम्म अर्कासंग दाँजीरहन्छौं तव सम्म हामी सुखी र खुशी रहन सक्दैनौं । जव सम्म हामी अर्काबाट अपेक्षा गरि रहन्छौं तव सम्म सुखी र खुशी रहन सक्दैनौं । सकिन्छ जुन काममा रमाउन सकिन्छ त्यहि काम गरौं सकिदैन् हामी जुन काम गर्छाैं त्यसैलाई रमाईलो बनाउँ । अपेक्षा कहिं कसैबाट नगरौं । आफूले सकेको गरौं । आफ्नो हामी अर्कालाई सहजै सवै कुरा पुगेको देख्छौं तर आफूले गरेको मिहिनेत अनुसार केही पाएन भन्ने सोच्छौं । यहि तुलनाले हामीलाई खिन्न बनाउँछ । अनि हामी कसरी सुखी हुन सक्छौं । जे छ त्यसैमा सन्तोष गरौं । लक्ष्य प्राप्तीका लागी इमान्दारी पूर्वक मिहिनेत गरौं । सहजै लक्ष्य प्राप्त भए ठिक छ भएन भने पनि निराश नबनौं । हिजोका दिनमा सुन चाँदीका झ्याल ढोका लगाएर बनाएका सयौं आलिशान महलहरु खण्डहर बनेका हाम्रै आँखाले देखेका छैनौं र? हाम्रा महलको अवस्था पनि त्यहि हुने हो । महल नै बनाउनु हुुन्न भन्ने होईन् । तर महल बनेन भनेर निराश हुनु पर्ने पनि केही छैन् । 
जिवन कसरी जिउने भन्ने कुरा हामी आफैंमा निर्भर रहन्छ । जिवनलाई सुखी र सुन्दर बनाउन भित्रबाट सुन्दर हुन आवश्यक छ । जसरी धन ले धनलाई तान्छ त्यसरी सुखले सुखलाई । ईश्वरले आफ्नो श्रृजनामा कुनै विभेद गरेका छैन्न । विभेद हामी आफैले जन्माउछौं, आफ्ना विचारद्धारा । भनिन्छ जसले जे सोच्छ, त्यहि पाउँछ । कसैले सकारात्मक सोच्छन् सकारात्मक नै फिर्ता पाउँछन् । कसैले नकारात्मक सोच्छन्, नकारात्मक नै फिर्ता पाउँछन् । एक पटक सोची हेरौं । 
यदि समाजमा सफल व्यक्तिलाई हे¥यौं भने उसको सफलतामा निरन्तर परिश्रमको जति योगदान हुन्छ त्यति नै उसको सकारात्मक सोचको योगदान रहन्छ । उसले जस्तो सुकै जिवनका उतार चढावलाई पनि सहज रुपमा सकारात्मक भएर आफ्नो कर्मलाई निरन्तरता दिएको हुन्छ । उसलाई विश्वास हुन्छ, उ एक दिन उसको लक्ष्यमा अवश्य पुग्नेछ । नियतवस अर्कालाई दुःख दिने मानिसले सुख कहिल्यै पाउँदैन् । नीमको रुख हुर्काएर स्याउ कहाँ फल्छ र ? बुढापाकाले भन्थे आमाबाबुले गरेको पुण्यको पल सन्तान दर सन्तानले पाउँछन् र आमाबाबुले गरेको कुकर्मको फल पनि सन्तान दर सन्तानले चुकाउनु पर्छ । यसलाई वैज्ञानिक तवरले पुष्टी गर्न भलै नसकिएला तर हाम्रा समाजमा यस्ता थुप्रै उदाहरण देख्न सकिन्छ ।
टाढाबाट हेर्दा हरेक दृश्य सुन्दर देखिन्छन् । हरेक व्यक्ति सुन्दर देखिन्छन् । तर जति नजिक हुदैं गए त्यत्ति असुन्दर लाग्न थाल्छन् । व्यक्ति त्यहि हो, दृश्य त्यहि हो, त्याहाँ फेरिएको केहि छैन् फेरिएको छ त केवल हाम्रो सोच । हाम्रो दृष्टिकोण । हामी कसैलाई मुस्किलले राम्रो देख्छौं । कोही यदि उत्कृष्ट छ भने त्यो हामी आफैं हो । हाम्रो अहम् भन्दा अर्को महत्वपूर्ण केही छैंन । कोही छैन् । अहम् जति बलियो छ व्यक्ति पनि त्यति बलियो । म किन नगर्ने भनेर मान्छे कहिले सोच्दैंन तर म किन ? यो मान्छेले अवश्य सोच्छ । हाम्रा उखान टुक्का पनि अह्म लाई मलजल गर्नलाई नै बनाईएका हुन झैं लाग्छन् । या समय संगै हामीले गलत व्याख्या पो गर्यौं कि ? “ईख नभएको मान्छे र विख नभएको सर्प काम लाग्दैन” मानौं हरेक कुरामा ईख पाल्नु जरुरी छ । ईख नभएको मान्छे मान्छे नै होईन् । 
खोक्रा आडम्बर र अत्याधिक अहम्ताको कारण मान्छे आफू मात्रै दुःखी हुदैंन आफु संग सम्बन्धित मान्छेहरुलाई पनि दुःखी बनाउँछ । जसलाई सबै भन्दा बढी माया गर्छु भन्छ उसै माथि हिंसा गर्न पुग्छ । मानिस आफूलाई अरुले नबुझिदिएको गुनासो गर्छ । तर आफूले आफैलाई कति बुझेका छौं ? यो प्रश्न नै मानिसको मष्तिस्कमा आउँदैन । अरुले मलाई बुझेन भन्ने भन्दा महत्वपूर्ण कुरा छ, हामी आफूले आफैलाई कति बुझेका छौं । यदि हामी आपैmले आफैलाई बुझेका छैंनौं भने कसरी अरुले हामीलाई बुझ्न सक्छ । जव हामीले आफूलाई बुझ्न थाल्छौं त्यस पछि अरुले हामीलाई बुझनु पर्ने आवश्यकता नै रहदैंन । एक पल्ट आफैलाई प्रश्न गरी हेर्नुृस्, म को हुँ ?
जो मानिस आफैसंग रमाउन सक्दैन उ अरु संग नि रमाउन सक्दैन । जसले आफूलाई माया गर्न सक्दैन उसले अरुलाई कदापी गर्न सक्दैन । पहिले आफूलाई माया गर्न सिकौं । ईश्वरले सवैलाई समान क्षमता दिएको छ । जसले आफ्नो क्षमताको पहिचान गरेर अगाडी वढ्न सक्छ उसले पछाडी फर्केर हेर्ने आवश्यकता कहिल्यै रहदैंन् । ईश्वरले हामीलाई जे जति दिएका छन् धेरै दिएका छन् । ईश्वरलाई धन्यवाद दिउँ । हाम्रो जिवनमा आउने हरेक व्यक्तिलाई धन्यवाद दिउँ । जसले हामीलाई केही न केही सिकाए । केहीले पाठ सिकाए । केहीले जिवन । सहज रुपमा माफी दिउँ । हामी सबैको जीवन सुख र खुशीले परिपूर्ण बनोस् ।