Close This

फरक क्षमता भएका बालबालिका पढाइबाट वञ्चित

मंगलबार असोज १६, २०७५/ Tuesday 10-02-18
Paschim Today

अछाम, १६ असोज फरक क्षमताका बालबालिका पढाइबाट वञ्चित हुने गरेका छन् अपांगता भएका बालबालिकाका लागि छुट्टाछुट्टै ठाउँमा कक्षा सञ्चालन गरिए पनि सबै जनाले पढ्न पाएका छैनन्

बहिरा बालबालिकाका लागि बयालपाटास्थित महेन्द्र मावि, दृष्टिविहीनका लागि सदरमुकाम नजिककै षोडषा मावि बौद्धिक अपांगता भएकालाई विनायकको विद्यामन्दिर माविमा पढाउने व्यवस्था गरिएको यी तीन वटै विद्यालयमा १० जनाभन्दा बढी विद्यार्थी भर्ना गरेर पढाउन सक्ने अवस्था भने छैन

१० जना विद्यार्थी कोटा तोकिएको भए पनि  अहिले १२ जना बौद्धिक अपांगताका भएका बालबालिकालाई भर्ना गरेको विद्यामन्दिर माविका प्रधानाध्यापक बीरबहादुर शाहले बताए धेरै बालबालिका सम्पर्कमा आउँने भए पनि  स्रोत साधनको अभावले भर्ना लिन नसकिएको उनले बताए

 यो वर्षमात्र धेरै विद्यार्थीलाई भर्ना नगरेरै फर्काउनु परेको शाहको भनाइ सुत्ने कोठा खाने व्यवस्था नहुँदा सबैलाई एकै कोठामा व्यवस्थापन गर्न बाध्य भएको उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर शाहीले बताए

जना छात्रा जना छात्रलाई एकै कोठामा राख्नु परेको बताउँदै उनले देखि १५ वर्ष उमेरका छात्र छात्रालाई एकै कोठामा बसाउँदा निम्तिन सक्ने जोखिम धेरै रहेको बताए १२ जना बौद्धिक अपांगता भएका बालबालिकाका लागि अहिले जना रेखदेख गर्ने जना शिक्षक कार्यरत रहेका छन्

फरक क्षमता भएका बालबालिका कुनै सरकारी कार्यालय वा शैक्षिक अभियान्ताको नजरमा पर्न नसक्दा विद्यालय देख्न नपाएको शिक्षक टोपबहादुर कडायतले बताए