Close This

नाम र स्थान दुवैप्रति महासंघको आपत्ति

मंगलबार असोज १६, २०७५/ Tuesday 10-02-18
Paschim Today

धनगढी, १६ असोज नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समितिले सुदूरपश्चिम प्रदेशको नाम राजधानी स्थानप्रति आपत्ति जनाएको

                महासंघले सोमवार विज्ञप्ती जारी गर्दै पहिचानको पाँच सामाथ्र्यका चार आधारमा थरुहट खसानको मानव सभ्यता ऐतिहासिक पहिचानलाई सम्बोधन गरियोस भन्दा जनताको भावनालाई लत्याएर पञ्चायती शासनको झल्को दिने गरीसुदूरपश्चिमप्रदेश नाम राखेको भन्दै आपत्ति जनाएको यसैगरी प्रदेशको राजधानी सबैको पहुँच केन्द्र बिन्दु दिपायलमा बनाउनु पर्नेमा गोदावरीमा तोकेको भन्दै महासंघले आपत्ति जनाएको तराईमा राजधानी बनाउँदा बसाइँ सराइँले उर्वरभूमि समेत मासिने विज्ञप्तीमा उल्लेख

                विज्ञप्तीमा भनिएको –‘राज्यको पुनर्संरचना गर्दा थारु आदिवासी जनजाति समुदायको ऐतिहासिक भूगोललाई बसोबासको निरन्तरताको आधारमा एउटै राजनीतिकप्रशासनिक इकाईमा राख्नुपर्ने आदिवासी आन्दोलन थरुहट आन्दोलनको मागदाबी हुँदाहुँदै नम्बर प्रदेशहरूमा थारुको थातथलो (भूगोल) जनसंख्यालाई सुनियोजित षड्यन्त्रमूलक ढंगले खण्डिकृत गरिएकोमा थारुको ऐतिहासिक थातथलो (भूगोल) लाई संविधान संशोधनमार्फत एउटै राजनीतिक (प्रशासनिक इकाईमा राख्नुपर्ने अभियान अडान हाम्रो कायमै रहेको समेत दोहो¥याउन चाहन्छौं

                नेपाल आदिवासी जनजाती महासंघ प्रदेश समितिका संयोजक दिलीप तामाङ्ग सचिव दलबहादुर घर्तीमगरद्वारा हस्ताक्षरित विज्ञप्तीमा ऐतिहासिक मानव पहिचानको आधारमा  प्रदेशको पुनः नामाङ्कन गर्न प्रदेश व्यवस्थापिका संसद सरकारसंग माग गरिएको