Close This

जनचेतना मुलक सडक सम्पन्न

मंगलबार असोज १६, २०७५/ Tuesday 10-02-18
Paschim Today

धनगढी, १६ असोज । एसओएस बालग्राम धनगढी र घोडाघोडी नगरपालिका वडा नं ८ संगको साझेदारीमा “बालअधिकार, बाल सुरक्षा र बालबिबाह” सम्बन्धि जनचेतना मुलक सडक नाटक  सुख्खडमा सम्पन्न भएको छ ।

घोडाघोडी नगरपालिका वडा न ८का वडा अध्यक्ष भिम बहादुर बोगटीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

एसओएस बालग्राम धनगढीले घोडाघोडी नगरपालिकाको वडा नं ८ मा सन् २०१६ देखि समुदायमा आधारित परिवार सबलीकरण कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

सुन्दर बिहानी बाल क्लब तथा बालअधिकार र बाल सुरक्षाको सवालको साथै अन्य थुप्रै सवालमा क्षमता २०७४ जरहीलाई प्राबिधिक सहयोग दिनुको साथै अभिबृधि गर्दै आइरेहको  । सुन्दर बिहानी बाल क्लब २०७४ जरहीले बालअधिकार, बालसुरक्षा रबाल बिवाह को बिषय बस्तुलाई समेटर समाजमा बाल अधिकार र बालसुरक्षाको शुनिस्चतार बालविवाह जस्तो कुसंसारको अन्त्य होस” भनेर सडक नाटक संचालन गरेको क्लबकी अध्यक्ष अध्यक्ष शुशिला रोका मगरले बताईन ।

सडक नाटकको समापनपछि जरही स्थित सानो संसार कैलालीको अध्यक्ष कृष्ण देवी बिस्वकर्माले यो संचालित सडक नाटकले समुदायमा बालअधिकार, बाल सुरक्षा र बालविवाह अन्त्य हुनुपर्छ भनि जनचेतना फैलाउने काम गरेको बताईन ।

बालअधिकार, बाल सुरक्षा र बाल बिवाह बिषयक सडक नाटकको समापन समारोहमा घोडाघोडी नगरपालिका वडा नं ८का वडा अध्यक्ष भिम बहादुर बोगटीले यस्तो गम्भीरबिषयमा सडक नाटक संचालनमा सुन्दर बिहानी बालक्लबलाई प्राबिधिक तथा आर्थिक सहयोग गरेको एसओएस बालग्राम धनगढीलाई धन्यवाद दिएका छन् । अध्यक्ष बोगटीले एसओएस बालग्राम धनगढीले आफ्नो समुदायमा आधारित परिवार सबलीकारण कार्यक्रम मार्फत जरहिमा बालअधिकार र बालसुरक्षासंग सम्बन्धित संचालन गरिरहेको क्रियाकलापहरु प्रति आभार व्यक्त गरे । उनले घोडाघोडी नगरपालिकाको वडा नं ८ मा कुनै किसिमको बाल दुव्र्यवहार, बालअधिकार हनन र बालबिबाहको घटना हुन नदिने र गरेमा क्षम्य नहुने सुन्दर बिहानी बालक्लब २०७४ जरहीलाई आशवासन दिएका छन् ।