Close This

पत्रिका जलाउनु प्रेस स्वतन्त्रतामाथि प्रहार

बुधबार असोज १७, २०७५/ Wednesday 10-03-18
Paschim Today

धनगढी,१७ असोज
सुदूरपश्चिम प्रदेशको राजधानी  जैविक मोहना जैविक मार्गमा पर्ने गोदावरीको जंगल क्षेत्रमा तोकिएको भन्दै  राष्ट्रिय पत्रिकाहरुले समाचार छापेको भन्दै स्थानीय केहि यूवाहरुले बुधवार पत्रीकाहरु जलाएका छन् ।
प्रदेश सरकारको बहुमतबाट प्रदेशको राजधानी तेघरी गोदावरी सिफारिस गरिएपछि  राष्ट्रिय पत्रिकाहरुले  चुरे खतारामा, बाँधको बाटोमा राजधानी लगायतका शिर्षकहरु राखेर समाचार प्रकाशित गरेका थिए । नेपालगञ्जबाट गाडीमा सुदूपश्चिमका विभिन्न जिल्लाका लागि पठाईएका कान्तिपुर दैनिक, नागरिक दैनिक, अन्नपूर्णपोष्ट दैनिक लगायतका राष्ट्रिय पत्रिकाहरु अत्तरिया चोकमा जलाएका छन् ।
अत्तरिया र सात पहाडी जिल्लाका लागिजाने सबै पत्रिका जलाएको अत्तरियाका विक्रेता यज्ञराज जोशीले बताए ।  उनको अत्तरियास्थित निलम पुस्तक पसल अगाडी राखिएका पहाडी सात जिल्ला र अत्तरियाको सबै पत्रिका जलाइएको हो । अत्तरियाबाट महेन्द्रनगरतर्फ गाडी गइरहेका बेला गाडीबाटै थुतेर पत्रपत्रिका जलाएको विक्रेता यज्ञराज जोशीले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिनोद घिमिरेले डिएसपीको नेतृत्वमा टोली घटना स्थलमा खटाई सकिएको बताए । उनले भने,‘पक्राउ गरेर कानुनी कार्वाही गरिन्छ ।