विद्यालयलाई अनुदान दिइने

बुधबार असोज १७, २०७५/ Wednesday 10-03-18
Paschim Today

धनगढी, १७ असोज । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमले गुणस्तरीय प्रारम्भिक कक्षा पढाइका लागि कैलालीका १७९  विद्यालयलाई २÷२ लाख रकम अनुदान दिने भएको छ । 
विद्यालयको शैक्षिक, आर्थिक, भौतिक तथा प्रशासनिक पक्षहरूको व्यवस्थापन गर्नका लागि अनुदानको व्यवस्था गरिएको हो । उक्त रकमले छापामय वातावरणको कक्षा कोठा निर्माण, साथी दौतरी शिक्षा तालिम, पढाइ महोत्सव, शिक्षक अविभाव सम्मेलन, पढाइ शिविर लगायत सञ्चालनका लागि उपलब्ध गराइने जनाइएको छ ।