नेतृत्व एकजुट भएमात्रै थारु समुदायलाई न्याय 

विनय वैद्य ।

नेपालको तराई भु–भागमा लगायत विभिन्न पहाडि क्षेत्रमा समेत लामो समय वसोवास र मिहिनेत गर्दै आएका थारु समुदायको इतिहास र गौरव छुट्टै छ । राष्ट्र र राष्ट्रियताको लागि थारु समुदायको भुमिका सधै सम्मानजनक रहेको इतिहासले पुष्टि गरेको छ । राणाकाल, शाहकाल र पञ्चायति कालमा समेत थारु समुदायले राज्य संरक्षणको महत्वपूर्ण भुमिका खेलेको कुरा इतिहासमा प्रष्ट छ । थारु समुदायले नेतृत्व गरेको देशको विभिन्न भू–भागमा विकाश र सम्वृद्धिका लागी गरेको योगदान समेत इतिहासमा सुरक्षित छ ।

आजको दिनमा थारु समुदाय राज्यबाट उपेक्षित भएको देखिएको भएतापनि समग्र थारु समुदाय राज्यवाट भन्दा पनि स्वयंम थारु समुदायका अगुवाहरुवाटै उपेक्षित र तिरस्कृत भएको देखिन्छ । २०६२÷०६३ को जनआन्दोलन पच्चात मात्रै अध्ययन गर्ने हो भने थारु समुदायबाट राज्यको उपल्लो निकायमा नेतृत्व गर्नेहरुको फेहरिस्त लामो भेट्टिन्छ । तर तिनीहरुले थारु समुदायको हकहित र अधिकारका लागी गरेको प्रयास भने नगण्य देखिन्छ । थारु हकहित र अधिकारका लागि धेरै र लामो संघर्ष चलिरहेको छ । त्यही संघर्षको मैदानलाई सिडिको रुपमा प्रयोग गर्नेहरुको संख्या समेत दिनानुदिन वढिरहेको छ । चाहे त्यो टीकापुर घटनाको विषयमा भएको लेनदेन होस् वा अन्य आन्दोलनको विचमा भएको लेनदेन । हिजोका दिनमा नेकपा एमालेले थारु समुदायमा संगठन विस्तार गरेर थारु नेतृत्वलाई राज्यको पहुचमा पु¥यायो । त्यस पछि नेकपा (माओवादी)ले थारुको विचमा घानेभुत संगठन निर्माण ग¥यो र थारु समुदायको नेतृत्वलाई राज्यको उपल्लो निकायमा पु¥यायो । त्यसै गरी मधेस आन्दोलनमा समेत थारुहरुको भुमिका नेतृत्वदायी रह्यो ंंंंंंंंंंंंंर फलस्वरुप थारु समुदायका नेतृत्वकर्ताहरु राज्यको उपल्लो निकायमा पुगे ।

यी भिन्न घटनाक्रमहरुलाई नजिकवाट हेर्दा थारु समुदायले राज्यमा पहुँच बनाउँदा समेत थारु समुदायका अगुवाहरुले थारु समुदायको मुद्दालाई प्राथमिकता दिएको देखिदैन । यस्तो अवस्थामा थारु समुदायको अग्रणी संस्थाको रुपमा रहेको संस्था थारु कल्याणकारी सभाको भूमिका पनि उल्लेख्य रहेको पाइएन थाकस (थारु कल्याणकारी सभा)को भूमिका उल्लेख नहुनुमा राज्यको उपल्लो निकायमा प्रतिनिधित्व गर्ने व्यक्ति र थाकसको नेतृत्व गर्ने व्यक्ति एउटै भएको आभास आम थारु समुदायमा व्याप्त छ । यी विभिन्न प्रसंगले के कुरा प्रष्ट पार्दछ भने आजको थारु नेतृत्वले समग्र थारु समुदायको हकहितका पक्षमा नत निर्णय गर्न सक्छन, नेतृत्व गर्न सक्छन । यसको तात्पर्य थारु समुदायले न्याय पाउदैन भन्ने चाहि होइन । थारु हकहितको आन्दोलनले त्यतिवेला न्याय पाउँछ, जतिबेला थारुहरुको नेतृत्व एकजुट हुन्छ ।

हामी सवैले सुनेको र व्यवहारमा देखेको कुरा एउटै छ कि एकतामा वल हुन्छ । तर आज सम्पूर्ण थारु समुदाय एकजुट हुन नसक्नुमा थारु समुदायको कमजोरी हो वा नेतृत्वकर्ताको अथवा गैर थारु समुदायको ??? यो विषयमा गहिरो छलफल र अनुसन्धान विश्लेषण हुन जरुरी देखिन्छ । मेरो व्यक्तिगत विचारमा भन्ने हो भने थारु समुदायको गल्ती र कमी कमजोरी कहि कतै देखिदैन तर नेतृत्वकर्ताहरुमा भने ठुलो अन्तरभेद रहेको देखिन्छ । थारु समुदायका नेतृत्वकर्ताहरुले थारु आन्दोलनलाई आफ्नो व्यक्तिगत विकाशकालागी प्रयोग गरेको र त्यही माध्यमबाट सांसद वा मन्त्री एवं उपप्रधान मन्त्री वन्ने बाटोको रुपमा प्रयोग गरेको देखिन्छ ।

थाकसका नेतृत्वकर्ताहरुले हिजोका दिनमा पुर्वी थारु र पश्चिमी थारुहको विचमा विभाजन गरेर आफुलाई सवल देखाउने प्रयत्न गर्दै गर्दा आज पूर्वी थारुमा समेत विभाजन ल्याई आफुलाई उपल्लो निकायमा राख्न खोजेको प्रष्ट देखिन्छ । थारुहरुको महान पर्व माघीलाई दुई–दुई ठाउमा संचालन गर्नमा पश्चिमका थारुहरुको भुमिका रहेको देखाउने थाकस नेतृत्वले आज पूर्वी थारुहरुले मात्रै मनाउने पर्व जितिया पर्वलाई दुई–दुई ठाउमा मनाउदा के भन्ने हुन हेर्न र सुन्न बाँकी छ । तर जे जस्तो भएता पनि यी घटना क्रमहरुले थारु समुदायको एकतामा कमजोरी रहेको कुरालाई गैर थारु समुदायविच प्रष्ट पारेको छ । यति मात्र नभई थारु समुदायको नेतृत्वकर्ताहरुका कारण थारु हकहितको आन्दोलन लेनदेनको आन्दोलनको रुपमा राज्यले वुझेको समेत प्रष्ट देखिन्छ ।

त्यसकारण थारु हकहितको आन्दोलनलाई शसक्त वनाउन र थारु समुदायको समग्र उन्नतिका लागी सम्पूर्ण थारुको एकता र वर्तमान नेतृत्वको विकल्प खोज्नु पर्ने अवस्था श्रृजना भएको छ । पूर्व र पश्चिमका थारुहरुवीच फुट गरेर नेतृत्वमा पुगेकाहरु आज आफ्नो साख जोगाउनकालागी पूर्वकै थारुहरुमा फुट गराउन सफल भएका छन् । यीनिहरुकै आधारमा चल्ने हो भने थारु समुदाय पूर्व–पश्चि मात्रै नभएर गोत्र र घरमा समेत फुटको अवस्थामा रहने छन् साथै सधै उपेक्षित रहने छन् ।

राष्ट्रिय थारु कलाकार मञ्चको संयोजकको हैसियतले सम्पूर्ण थारु समुदायको एकतामा जोड दिन चाहान्छु । कलाकार सधै साझा हुन्छन् । कलाकारले सधै समाजलाई प्रतिनिधित्व गर्दछन् र समाजलाई एकजुट वनाउदछन् । त्यसकारण समग्र कलाकारहरुको भावना अनुरुप थारु समुदायको एकताकोलागी अपिल गर्न चाहन्छु । इतिहास र संघर्षको आधारमा व्यक्ति, समुदाय वा राज्यको पहिचान स्थापित हुन्छ । त्यहि पहिचानलाई जोगाउन आज थारु समुदायले संघर्ष गर्न परिरहेको छ । तर थारु समुदायका अगुवाहरुको गतिविधि हेर्दा थारु समुदायको इतिहास नै नामेट हुने अवस्थामा पुगेको देखिनछ । थारु समुदायको नाममा भए गरिएका विभिन्न कार्यक्रमहरुमा थारु भेष–भुषामा सजिएका कलाकारहरुले गैर थारु भाषीक संगीतमा रमाईरहँदा थारु मौलिकता र इतिहास मेटिने अवस्थाको चिन्ता राष्ट्रिय थारु कलाकार मञ्चले गर्नु स्वभाविक हो जस्तो लाग्दछ । थारु कलाकारहरुले गैर थारु भाषामा मञ्चन गरिनु हुदैन भन्ने आशय होइन तर थारुहरुको पहिरन र मौलिकतामा गैर थारु भाषामा मञ्चन नगरिएमा थारु मौलिकताको पहिचान हुन सक्दछ भन्ने अनुरोध मात्रै हो ।

थारुको मौलिकता र इतिहाससंग लेनदेन गरि राज्य र थारु समुदायको उपल्लो निकायमा पुगेकाहरुले यी विविध पक्षहरुको ख्याल नगरेपनि तपाई हामी आम थारु समुदायले यस्ता पक्षहरुमा ध्यान दिन जरुरी छ । थारु आन्दोलन र इतिहासलाई भजाएर व्यक्तिगत लाभ लिनेहरुलाई प्रस्कृत गरी स्वच्छ र इमान्दार नेतृत्वको खोजी गरीनु पर्दछ । थारुहरुको वीचमा पूर्वी, पश्चिमा, गोत्र वा घर फुटाउने भन्दा जुटाउने नेतृत्व खोज्न जरुरी छ । यस्तै नियतिको नेतृत्वले थारु समुदायको नेतृत्व गरिरहेन हो भने अवका दिनमा थाकसको पनि विकल्प खोज्न जरुरी छ । थाकस आफैमा नेतृत्वदायी संस्था हो तर गलत प्रवृतिका नेतृत्वकर्ताहको कारण थाकस वदनाम अवस्थामा पुगेको छ । त्यसकारण सर्वप्रथम थाकसको नेतृत्वको विकल्पको खोजि गरिनु पर्दछ । हैन भने थाकसको नै विकल्प खोज्न आम थारु समुदाय अग्रसर हुनुपर्ने देखिन्छ । थारु हक हित र सवल आन्दोलनका लागी थारु समुदायको एकताको विकल्प छैन । विभिन्न नाममा थारु समुृदायलाई फुटाउनेहरुको विकल्प खोज्ुनको विकल्प छैन ।

 

लेखक, राष्ट्रिय थारु कलाकार मञ्च केन्द्रका अध्यक्ष हुन ।

  

प्रतिकृया दिनुहोस
SITENAME

खुशी

प्रकृती भुवन | मानिस जिवन भर जिउन नजानेरै जिउँछ । जिवनभर सुखी र खुशी कसरी हुने भन्ने ध्याउन्न मै कस्तुरी मृग झैं भौतारी रहन्छ । कोही समय रहदैं कस्तुरी

SITENAME

राजधानीको स्थान चयनको अन्तर्य

दीर्घराज उपाध्याय । मैले त झुक्न पो भनेकी थिए । यी त लम्पसार नै परे । भारतकी तत्कालिन प्रधानमन्त्री स्व.ईन्दिरा गान्धीले संकटकाल लगाएको केही

SITENAME

प्रदेशको राजधानी र नामाकरण : अपरिपक्व प्रस्ताव

दीर्घराज उपाध्याय । प्रदेश नं.७ को नाम सुदूर पश्चिम प्रस्ताव गरिएको छ । र राजधानी गोदावरी । यसले सकारात्मक र नकारात्मक दुबै खालका प्रतिक्रिया बाहिर