Close This

राजधानीलाई लिएर विवाद नगर्न आग्रह

शुक्रबार असोज १९, २०७५/ Friday 10-05-18
Paschim Today

पश्चिम टुडे, धनगढी १९ असोज ।
सामाजिक विकास मन्त्री दीर्घ सोडारीले प्रदेशको राजधानीलाइ लिएर विवाद गर्न नहुने बताएका छन् । 
गोदावरीमा राजधानी बनाउने प्रदेश सभाको निर्णयलाई लिएर मतभेद भइरहेको बेला मन्त्री सोडारीले प्रदेशको राजधानीलाई लिएर विवाद गर्नु उचित नरहेको बताए । बिहीवार धनगढीमा खेलाडी सम्मान तथा दसैं मिलन कार्यक्रममा बोल्दै मन्त्री सोडारीले दिर्घकालिन समयसम्मका लागि गोदावरी राजधानीका लागि उपयुक्त भएको बताए ।
धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई समायोजन गरेर बृहत्तर राजधानी बनाउने आफूहरुको सपना रहेको भन्दै उनले धनगढीलाई पनि राजधानीको रुपमा लिन आग्रह गरे । 
वन मासेर राजधानी बनाउन लागेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला मन्त्री सोडारीले छिमेकी देश भारतका विभिन्न राज्यका राजधानीको उदाहरण दिदैँ गोदावरीको प्राकृतिक संरचनालाई नाश नगर्ने गरी राजधानी बनाइने बताए । 
यसैबीच, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ कैलाली जिल्ला खेलकुद विकास समितिले बृहत खेलाडी सम्मान तथा दसैं मिलन कार्यक्रम सम्पन्न गरेको छ । 
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडीहरुलाई प्रमाणपत्रसंगै दोसल्ला ओढाएर सम्मान गरिएको छ । सामाजिक विकासमन्त्री सोडारीले खेलाडीहरुलाई सम्मान गरे । 
कार्यक्रममा आठौ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता, पूर्वाञ्चलमा भएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता र भारतमा भएको बाह्रौ सागका पदक बिजेता खेलाडीहरुलाई सम्मान गरिएको हो । यसैगरी खेल क्षेत्रको विकासका लागि योगदान पु¥याउने व्यक्ति र संघसंस्थालाई पनि सम्मान गरिएको छ ।