Close This

औलोको जोखिम बढ्ने देखिएपछि सतर्कता

शुक्रबार असोज १९, २०७५/ Friday 10-05-18
Paschim Today

धनगढी, १९ असोज । भारतको बरेलीमा औंलोका कारण ५४ जनाको मृत्यु भएपछि कैलाली कञ्चनपुरमा सर्तकता अपनाइएको छ ।
कैलाली र कञ्चनपुर क्षेत्र सिमा नजिक भएकाले औंलोको जोखिम बढ्ने देखिएपछि स्वास्थ्यकर्मीहरुले स्थानीयहरुलाई सचेत रहन आग्रह गरेका छन् ।
शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले आक्समीक बैठक बसेर जिल्लाको सिमा नजिक ‘हेल्प डेस्क’ स्थापना गर्ने निर्णय गरेको छ । कैलालीको धनगढीस्थित गौरीफण्टा नाका र टीकापुरको खक्रौला नाकाका साथै कञ्चनपुरको गड्डा चौकीमा सो हेल्प डेस्क राखिने छ ।
भारतबाट नेपाल आउने नेपालीहरुको रगत परिक्षण गरि औंलो भएको÷नभएको पहिचान गर्ने छ । जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले ‘यदि कसैमा औंलो देखिए त्यही औषधी उपचार गरेर ठिक गरि पठाईनेछ ।’
यस्तै, बैठकले रोगलाई फैलन नदिन लक्षण देखिएका व्यक्तीहरुलाई उपचारको पहु“चमा ल्याउने, स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रवाह गर्ने, बढी भिड रहेका क्षेत्रमा जनचेतनामुलक पर्चा पम्पलेट वितरण गरिने लगायतका निर्णय गरेको छ । बैठकले 
कार्यक्रममा सहभागित प्रदेशको स्वास्थ्य निर्देशनालयका क्षेत्रीय निर्देशक डाक्टर गुणराज अवस्थीले औंलोको जोखिम बढ्न नदिन सबै स्वास्थ्यकर्मीहरुलाई सर्तक रहन आग्रह गरे ।
‘अहिले भारतको वरेलीमा देखिएको प्लाज्मोडियम फाल्सिपेरम औलो यस प्रदेशमा प्रवेश भएमा नियन्त्रण गर्न चुनौति देखिने छ’ उनले भने ‘यसको नियन्त्रणका लागि विशेष त सिमा क्षेत्रमै रोगको पहिचान गरि नियन्त्रण गर्न सक्नुपर्छ ।’ उनले यो रोग लामखुट्टेबाट सर्ने भएकाले सबै स्थानीयहरु सचेत हुनुपर्ने बताए ।
घर आ“गन सफा राख्ने, राती सुत्दा झुलको प्रयोग गर्ने, घरको वरिपरि पानी जम्न नदिने, लामखुट्टे भगाउन धुपको प्रयोग गर्ने लगायतका क्रियाकलाप गर्न स्थानीयसंग आग्रह गरे । उनले यदि औंलोका कुनै लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य चौकीमा गएर रगत परिक्षण गर्न पनि आग्रह गरे ।
कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा भदौ र असोजमा मात्र बरेलीबाट आएका नौ जना औलोका विरामी फेला परेका छन् । 
कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक महेश चन्दले नीजि अस्पतालहरुमा पनि यसबारे जानकारी गराइनुपर्ने सुझाव दिए ।