Close This

मोनिका बनिन् पहिलो मिस फारवेस्ट

सोमबार असोज २२, २०७५/ Monday 10-08-18
Paschim Today

२१ असोज, कैलाली । शनिबार राति सम्पन्न ‘मिस फारवेस्ट-२०१८’ को उपाधि धनगढीकी मोनिका गुरुङले जितेकी छन् ।शनिबार राति धनगढीको टेम्पल रिसोर्टमा भएको फाइनल प्रतियोगितामा २६ प्रतिस्पर्धीलाई पछि पार्दै सरकारी जागिरेसमेत रहेकी २३ वर्षकी गुरुङले उपाधि जितेकी हुन ।उनी सव इन्जिनियर पदमा सिञ्चाई डिभिजन कार्यालयमा कार्यरत छिन् । मिस फारवेष्टको उपाधिसंगै स्कुटर प्राप्त गरेकी गुरुङलाई पूर्व मिस नेपाल सुगारिका केसीले ताज पहिराएकी थिइन् ।प्रतियोगितमा अंकिता ज्ञवाली फस्ट रनर अप र दिव्या गैरे सेकेन्ड रनर अप भइन । फष्ट रनर अप ज्ञवालीले ताजसँगै नगद ५० हजार तथा सेकेन्ड रनरअफ गैरेले नगद २५ हजार हात पारिन् ।रोयल कोलाबरेसन प्रालि नेपालले आयोजना गरेको ‘मिस फारवेष्ट -२०१८’ को निणर्ायकहरुमा पूर्व मिस नेपाल सुगारिका केसी, गायक तथा गीतकार कालीप्रसाद बास्कोटा, नायिका अन्नपूर्ण शर्मा, फिल्म निर्देशक हेमराज विसी, ओलम्पियन दीपक विष्ट र मोडेल निलम चन्द रहेका थिए ।

अनलाइनखबर