Close This

बझाङको मिणीबगरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , १२ जना घाईते

मंगलबार असोज २३, २०७५/ Tuesday 10-09-18
Paschim Today

बझाङ, २३ असोज ।
बझाङको बागथलाबाट विजगडाका लागी छुटेको से १ ज ७२६ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ । बुंगल नगरपालीकाको वडा नम्बर ५ मिणीबगर भन्ने ठाँउमा जीप दुर्घटना हुँदा कञ्चरपुर जिल्ला बेदकोट नगरपालीका ५ बस्ने ६५ बर्षिया विष्ना देवि बोहरा र कैलालीको घोडाघोडी नगरपालीका ५ का ५६ बर्षिया धन बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

             यस्तै जीप दुर्घटनामा परी १२ जना घाईते भएका छन् । जसमा कञ्चनपुर जिल्ला बेदकोट नगरपालीका बस्ने ३० बर्षिया मुडु बोहरा, ३५ बर्षिया प्रेम बोहरा, १० बर्षिया कविता बोहरा, १२ बर्षिया माया बोहरा, ४३ बर्षिया लालमती बोहरा रहेका छन् । यस्तै सोही ठाँउका चन्द्र सिहँ बोहरा, विरेन्द्र बोहरा पनि घाईते भएका छन् ।

           यस्तै घाईते हुनेमा बुंगल नगरपालीका ६ का नरेन्द्र कुवर, कृष्ण कुवर, बुंगल नगरपालीका ८ का धिरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । जीप दुर्घटनामा परी चालक केदार स्युँ गाँउपालीका ४२ बर्षिया रण बहादुर खाती र सहचालक सुनील खाती समेत घाईते भएको प्रहरीले जनाएको छ ।

                 घाईतेहरुको उपचार देउरा स्वास्थ्य चौकीमा भै रहेको छ । बुंगल नगरपालीकामा पुजा आजा गर्नका लागी उनीहरु मन्दिर तर्फ जाने क्रममा जीप दुर्घटना भै मृत्यु तथा घाईते भएको बुझीन आएको प्रहरीले जनाएको छ । घटना बारे थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।