Close This

धनगढीमा दसैं मेला आयोजना हुँदै

मंगलबार असोज २३, २०७५/ Tuesday 10-09-18
Paschim Today

धनगढी, २३ असोज हिन्दूहरुको महान पर्व दसैंलाई लक्षित गरेर धनगढीमा दसैं मेला आयोजना गरिदैंछ

                कैलाली उद्योग वाणिज्य सङ्घको सहकार्यमा धनगढीको पार्क मोडदेखि सेती अञ्चल अस्पताल क्षेत्रसम्म मेनरोड बजार व्यवस्थापन समितिले दसैं मेलाको आयोजना गर्न लागेका हुन उक्त मेला घटस्थापनाको दिनदेखि सुरु हुने उनीहरुले जानकारी दिएका छन्

मेनरोड क्षेत्रमा आयोजना हुन गइरहेको मेला मेला कार्तिक गतेसम्म चल्ने जनाइएको मेलाको लागि व्यवसायीले आफ्नो पसललाई सिंगारेका छन् मेला अवधिभरी विभिन्न सांस्कृतिक कार्यक्रम गरिनुका साथै राति १० बजेसम्म पसल खोल्ने व्यवसायी आरपी अवस्थीले जानकारी दिए

 

                उनले दसैंको अवसरमा ग्राहकलाई सूपथ मूल्यमा स्तरीय सामान उपलब्ध गराउने उद्देश्यका साथ मेलाको आयोजना गर्न लागेको बताए यसले हाम्रो व्यापार, व्यवसायमा समेत फाइदा हुनेछ’, उनले भने  

मेलाको तयारी तीव्र रुपमा अगाडि बढाइएको ग्राहकहरुलाई स्वागत गर्नका लागि मुख्य सडकमा स्वागत गेट समेत बनाइएको गतवर्ष पनि व्यापारीहरुको आफ्नै पहलमा सो क्षेत्रमा दसैं मेला लगाइएको थियो