Close This

अमेरिकाले भ्रामक गतिविधि रोक्नुपर्ने चीनको माग

मंगलबार असोज २३, २०७५/ Tuesday 10-09-18
Paschim Today

एसियाली शक्तिराष्ट्रको घरेलु तथा अन्तर्राष्ट्रिय नीतिलाई लिएर अमेरिकी पक्षबाट लगाइएको आरोपबारे चीन आइपुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उनका चिनियाँ समकक्षी वाङ यीले आपसमा विभाजित धारणा राखेका छन् । उत्तर कोरियाली आणविक निःशस्त्रीकरणको विषयलाई लिएर उनीहरूबीच यस्तो विभाजित धारणा देखा परेको हो ।अमेरिका र चीनबीच एक अर्काले आयात गर्ने सामानमाथि अबौँ डलर बराबरको कर बढाउने निर्णयपछि अमेरिकाले व्यापार विवादबारे भ्रामक प्रचार गरेको छ । यो विल्कुल गलत हो’, चिनियाँ सञ्चारमाध्यमले विदेशमन्त्री वाङले पोम्पेओसँग राखेका विचार उद्धृत गरेका छन् ।अमेरिकाले ताइवानमा चीनविरोधी ‘शृंखलापूर्ण गतिविधि सञ्चालन गरेको’ आरोप चिनियाँ विदेशमन्त्रीले लगाए । ताइवानलाई चीनले आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । अमेरिकी गतिविधिले चीनको सार्वभौमसत्तामाथि आघात पुगेको उनले आरोप लगाए । यी गतिविधिले दुवै पक्षका आपसी विश्वासमाथि प्रभाव पारेको र यसले चीन–अमेरिकाबीचको सम्बन्धलाई छायाँमा पारेको वाङको भनाइ थियो । यस्ता गतिविधि दुवै देशका जनताको चासो विपरीत भएको वाङको स्पष्टोक्ति थियो ।केही दिनपहिले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनलाई सैन्य उत्तेजना फैलाएको, व्यावसायिक चोरी गरेको, मानवअधिकार उल्लंघनका घटनामा बढोत्तरी गराएको र अमेरिकी निर्वाचनमा ट्रम्पविरुद्ध हस्तक्षेप गरेको लगायतका आरोप लगाएका कारण पनि चीन अमेरिकासँग असन्तुष्ट छ । यसै असन्तुष्टिबारे छलफल गर्न आफू चीन आएको पोम्पेओले बताए । ‘तपाईंले संकेत गरेका विषयमा अमेरिकी सरकारको फरक विचार छ’, उनले वाङलाई भने । चीनद्वारा लिएका गतिविधिप्रति अमेरिकाको बृहद् असन्तुष्टि रहेको भन्दै पोम्पेओले चिन्ता व्यक्त गरे ।प्रत्येक विषयमा छलफल गर्ने अवसर भएमा दुवैको धारणा र मर्का आपसमा बुझ्न सहयोग हुने उनले बताए । पोम्पेओले अमेरिकी रक्षामन्त्री जेम्स म्याटिससँग यसै महिना बेइजिङमा हुनेगरी तय भएको बैठक रद्द भएकोबारे पनि चासो व्यक्त गरे । उनले भने, ‘मलाई दुःख लगेको छ कि दुई मुलुकबीच हुने रणनीतिक महत्वको राख्ने छलफलको मार्गलाई चीनले रोक्नु मेरो विचारमा उचित कदम थिएन ।’    एएफपी