Close This

प्रतिवादीको नाममा कारण देखाउ आदेश जारी

मंगलबार असोज २३, २०७५/ Tuesday 10-09-18
Paschim Today

धनगढी, २३ असोज । सुदूरपश्चिम प्रदेशको राजधानी जैविक मार्ग मासेर बनाउन नहुने भन्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीको नाममा आज कारण देखाउ आदेश जारी गरेको छ । 
    रिटको पक्षमा तीन जना अधिवक्ताले बहस गरेका थिए । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा बनाउने निर्णय भएपछि वन मासेर राजधानी बनाउन नहुने भन्दै अधिवक्ता देवीकुमारी जोशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार काठमाण्डौं, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रदेश सभामुख अर्जुनबहादुर थापा र राजधानी र नामाकरणका लागि गठित विशेष समितिका संयोजक सांसद् तारा लामा तामाङ्गलाई विपक्षी बनाएर हिजो सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् । सर्वोच्चले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।