Close This

बैतडीमा पनि किशोरीलाई आत्मरक्षा तालिम

मंगलबार असोज २३, २०७५/ Tuesday 10-09-18
Paschim Today

कृष्ण बिष्ट,
बैतडी, २३ असोज ।
महिलामाथि बलात्कार जस्ता जघन्य अपराधको घटना बढिरहेका बेला बैतडीका किसोरिहरुपनि आत्मरक्षाका लागि जुर्मुराएका छन् । समस्या आइपरेको बेला आफूलाई सुरक्षित बनाउनका लागि महिलाहरु जुर्मुराएका हुन । मंगलवारदेखि बैतडीको पाटनमा सुरु भएको आत्मरक्षा शिविरमा ३०० किशोरीले सहभागिता जनाएका छन् ।
महिलामाथि बलात्कार र बलात्कारपछि हत्याको घटना बढ्दै गएपछि महिला अधिकारवादी सङ्घ संस्थाहरुको समन्वयमा जिल्ला खेलकुद कार्यालय बैतडीले तीन दिने आत्मरक्षा शिविर सञ्चालन गरेको हो । 


महिलालाई आत्मविश्वासी बनाउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने किशारीको सहभागिता रहेको जनाइएको छ । आत्मरक्षा सम्बन्धी तालिमले उनीहरुलाई आफ्नै रक्षाका लागि सक्षम बनाउनुका साथै आत्मविश्वासी पनि बनाउने मार्सल आर्ट एशोसिएसनका महासचिव एवम प्रसिक्षक सुरेन्द्रसिँह बिष्टले बताए । 
महिला हिन्सा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प भन्ने नाराका साथ भएको औपचारिक कार्यक्रममा जिल्ला खेलकुद अध्यक्ष भण्डारीको सभापतित्वमा उद्घाटन भएको थियो । कार्यक्रम प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी चन्द्र प्रकाश गैरले तालिमको उद्घाटन गरेका थिए । 
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख गैरले आत्मा रक्षाको लागि महिलाहरु आफै अग्रसर हुन र निडर बन्न आवश्यक रहेको बताए ।