Close This

धनगढीमा सिजी ब्राण्ड सप उद्घाटन

बुधबार असोज २४, २०७५/ Wednesday 10-10-18
Paschim Today

 

धनगढी,२४ असोज ।

धनगढीमा सिजी ब्राण्ड सप बुधवार देखि सञ्चालमा आएको छ ।

धनगढीका लागि सिजीका घरायसी तथा विद्युतीय सामग्रीको आधिकारिक बिक्रेता न्यू मनिषा ईलेक्ट्रोनिक्सको बुधवार एक समारोहका बीच धनगढी उपमहानगपालिकाकी उपमेयर सुशिला मिश्र भट्टले उद्घाटन गरिन ।

न्यू मनिषा ईलेक्ट्रोनिक्सका कार्यकारी निर्देशक यज्ञराज ओझाले बुटवल र सुर्खेतपछि धनगढीमा स्थापना गरिएको सिजीको ब्राण्ड सप तेस्रो भएको बताए ।

कार्यकारी निर्देशक ओझाले दशैं तथा दीपावलीका अवसरमा प्रत्येक सामग्रीको खरीदमा कम्तिमा १५ प्रतिशत र बढिमा ३५ प्रतिशत छुटको व्यवस्था रहेको जानकारी दिए ।

फ्रिज,टिभी, गिजर, वासिङ मेसिन, पंखा, कुलर लगायत सिजी ब्राण्डका सबै घरायसी तथा विद्युतीय सामग्रीहरु न्यू मनिषा ईलेक्ट्रोनिक्समा पाईने ओझाले बताए ।

सिजीका सम्पूर्ण घरायसी तथा विद्युतीय सामग्री अव न्यू मनिषा ईलेक्ट्रोनिक्समा पाईनेछन्,ओझाले भने, अव सिजीका घरायसी सामग्री खरीदका लागि पसल पसल धाउनु पर्नेछैन ।

उनले सिजी टिभीमा तीन वर्षको वारेण्टी भएको बताए ।