Close This

स्माईल क्याफेको दोस्रो शाखा संचालनमा 

बुधबार असोज २४, २०७५/ Wednesday 10-10-18
Paschim Today

पश्चिम टुडे, धनगढी २४ असोज । 
घटस्थापनाको अवसर पारी स्माईले क्याफेले आफ्नो दोस्रो शाखा संचालनमा ल्याएको छ । धनगढी उपमहानगरपालिका ५ हसनपुरमा अवस्थित क्याफेको प्रदेश सभा सदस्य डिल्ली राज पन्तले रिवन काटेर उद्घाटन गरेका छन् । 
ग्राहकहरुलाई अझै राम्रो सेवा दिने उद्देश्यले वान्स मोर स्माईल क्याफे संचालनमा ल्याएको क्याफेका संचालक जगदिश रानाले जानकारी दिए । 
पारिवारीक वातावरणमा एसीको राम्रो सुविधा भएको क्याफेमा छुट्टा–छुट्टै क्याविनहरु, रमाईलो हल, सेमिनारका लागि राम्रो हलको सुविधा रहेको संचालक रानाले बताए । 
ग्राहकहरुले लोकल कुखुराको स्पेशल परिकार, हाँसको छोयला, सुकुटी लगायत भेज तथा ननभेज विभिन्न परिकारहरुको स्वादको बेग्लै मज्जा लिन पाउने वान्स मोर स्माईल क्याफेका संचालक जगदिश रानाले बताए । 
विगत ४–५ वर्ष देखि ग्राहकहरुलाई सेवा दिदै आएको स्माईल क्याफेको पहिलो शाखा धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीमा संचालनमा छ ।