Close This

बाजुरामा राँगा जुधाएर दशैंको स्वागत 

बिहीबार असोज २५, २०७५/ Thursday 10-11-18
Paschim Today

प्रेम रौले,
बाजुरा, २५ असोज ।
हिन्दूहरुको महान चाडका रुपमा रहेको विजया दशमी तथा शुभ दिपावलीको अवसरमा जिल्लाका विभिन्न स्थानीय तहका स्थानीयहवासीहरुले राँगा जुधाएर दशंैको स्वागत गरेका छन् । 
    जिल्लाको बुढीगंगा नगरपालिका, खप्तड, छेडेदह गाउँपालिका, बडीमालिका नगरपालिकाका विभिन्न स्थानहरुमा रागा जुधाएर दशैको स्वागत गर्ने प्रचलन रही आएको  बुढापाकाहरुको भनाइ रहेको छ ।
     बडीमालिका नगरपालिका–८ पर्ने बाउली खोलामा पनि दुई जोर राँगा जुधाएर दशैंको स्वागत गरिएको स्थानीय देवबहादुर रोकायाले बताएका छन् । 
    दशैं सुरुवातको अघिल्लो दिन दिनमा राँगा जुधाउने, बेलुकी घरमा मिठो मिठो पकाएर खाने र दशैका लागि जमराहरु राख्ने प्रचलन रहेको ज्योतिष कुश्मराज पण्डितले बताएका छन् । 
हन्दू धर्मालम्बीहरुको महान चाडकाम रुपमा रहेको उक्त पर्वलाई निकै हर्ष उल्लासका साथ मनाउने गरेको पण्डितले बताएका छन् । उनले परम्परात रुपमा चल्दै आएको उक्त संस्कृतिको जगेर्ना गर्नका लागि राँगा जुधाउनु नै संस्कृति बचाएको बडीमालिका नगरपालिका–७ का स्थानीय तुलाराम जैशीले बताए । 
    उनले परम्परागत रुपमा हाम्रा पारापुर्खाले चलन चल्तीका रुपमा चलाउदै आएको रितिरिवाजलाई संरक्षण गर्नका लागि राँगा जुधाएको जैशीको भनाई रहेको .छ । 
देवी देवताको मन खुसी पार्न मात्र नभई आफन्तहरुको भेटघाट र दुख सुखका कुरा गर्ने माध्यमका बनाइ राँगा जुधाउने गरेको स्थानीयहरुले बताएका छन् । 
दशैंलाई स्वागत गर्नका बुढीगंगा नगरपालिका–घोडा धपाउनेमा पनि राँगा जुधाएको बताइएको छ । यस्तै खप्तड छेडेदह गाउँपालिकाको आटीचौरमा पनि राँगा जुधाउने गरेका छन् । 
    दशैको स्वागत र रमाईलोसंगै आफन्तसंग  भेटघाट गर्न राँगा जुधाउने गरेको पाइन्छ । जिल्लाका विभिन्न स्थानीय तहका विभिन्न स्थानहरुमा आ–आफ्नै प्रचलन र रितिरिवाज रहेको बताइएको छ ।