Close This

गौरीफन्टामा संयुक्त सहायता कक्ष

बिहीबार असोज २५, २०७५/ Thursday 10-11-18
Paschim Today

धनगढी, २५ असोज । भारतबाट रोजगारी गरेर दशै मनाउन नेपाल फर्कने नेपालीहरुका लागि सजिलो होस भन्ने उद्देश्यले नेपाल–भारत सीमा नाका गौरीफन्टामा संयुक्त सहायता कक्षको स्थापना गरिएको छ ।

नेपालका तर्फबाट शसस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त सहायता कक्ष स्थापना गरिएको शसस्त्र प्रहरी वल कैलाली ३४ नम्बर गण तत्कालिन सीमा सुरक्षा कार्यालय कैलालीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विष्णु प्रसाद भट्टले जानकारी दिए । उनले कोही नेपाली सीमामा लुटिए अथवा कसैले अनाहकमा दुख दिए तत्काल उनीहरुलाई सहयोग गर्न सकियोस भन्ने उद्देश्यले नेपाल–भारत संयुक्त सहायता कक्षको स्थापना गरिएको बताए ।
भारतमा रोजगारी गरेर दशै मनाउन फर्कने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । अघिल्ला वर्षहरुमा सीमानाका नेपालीहरुले निकै दुख पाउने गरेको भएपनि अहिले भने त्यस्तो नभएको नेपाल फर्कने कामदारहरुले बताएका छन् ।
आफ्नो देशमा काम गरेर नेपाल फर्कने नेपालीहरुलाई सीमानाका कुनै किसिमको समस्या हुन नदिन आफूहरु समेत कटिबद्ध भएर लागेको सीमानाका मै खटिएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवान प्रविणले जानकारी दिए । उनले माथिल्लो निकायबाट नै कुनैपनि नेपालीलाई बोर्डरमा समस्या नहोस ध्यान दिएर काम गर्न निर्देशन भएका कारण संयुक्त सहायता कक्षको स्थापना गरेर सेवा दिइरहेको बताए ।