Close This

उत्कृष्ट प्रहरीलाई सम्मान

शुक्रबार असोज २६, २०७५/ Friday 10-12-18
Paschim Today

कृष्ण बिष्ट,
बैतडी, २६ असोज । ‘समाजको चौतारी छ राष्टको छहारी, नागरिक सुरक्षा हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ बैतडीमा पनि ६३ औ प्रहरी दिवस मनाइएको छ । 
प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेको अध्यक्षता तथा प्रदेश सभा सदस्य लीलाधर भट्टको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा उत्कृष्ट प्रहरी जवानहरुलाई सम्मान समेत गरिएको छ । इलाका प्रहरी कार्यलय बैतडीका प्रहरी हवल्दार मीनबहादुर चन्द, प्रहरी चौकी भाराकोट बैतडीका प्रहरी हवल्दार भानबहादुर चन्द, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी हवल्दार गजाधर महरा सम्मानित भएका छन् । यस्तै प्रहरी चौकी खोचलेकका प्रहरी सहायक निरीक्षक करनसिंह धामी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब निरिक्षक वीरेन्द्र चन्द र जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कान्तिराज जोशी लगागत अन्य प्रहरी जवानहरुलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य लीलाधर भट्टले नेपाल प्रहरी तथा नेपाली सेनाले खेल्दै आएको भूमिका विश्वसामु छर्लङगै रहेको बताए । उनले छुटफुट घटनाहरु बाहेक अरु सबै अपराधको घटनाहरुमा प्रहरीले सफलता प्राप्त गरेको बताए । 
जिल्ला प्रहरी कार्यलय बैतडीले आयोजनामा कार्यक्रम गरेको कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यलयका प्रमुख तथा प्रहरी उपरिक्षक नेत्रमणि गिरीले ज्ञात अज्ञात प्रहरी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे । समाजमा हुने अपराधहरुलाई न्यूनीकरण गर्नका लागि सक्षम प्रहरी, गतिशिल समाजको आवश्यकता रहेको उनले बताए ।