Close This

नन्दिनाजका विद्यार्थीद्वारा सहयोग

शुक्रबार असोज २६, २०७५/ Friday 10-12-18
Paschim Today

धनगढी, २६ असोज । धनगढीमा रहेको नन्दिनाज एकेडेमीका विद्यार्थीले गोदावरी नगरपालिकाको बुढीतोलामा रहेको श्री लक्ष्मी आधारभूत विद्यालयका लागि खानेपानी ट्याङ्की निर्माण गरेका छन् । निर्माण भएको खानेपानी ट्याङ्की बिहीवार एक कार्यक्रकाबीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।  
       विद्यार्थीले आफूले बनाएको चित्र र हस्तकलाका सामग्री बिक्री गरेर जम्मा गरेको पैसाले खानेपानी ट्याङ्की निर्माणमा सहयोग गरेका हुन । उनीहरुले चित्र र हस्तकलाका सामग्री बिक्री गरेर १६ हजार रुपैया जम्मा गरेका थिए । नन्दिनाजले थप १६ हजार रुपैया थपेर ३२ हजारको लागतमा खानेपानी ट्याङ्की निर्माण गरिएको हो । श्री लक्ष्मी आधारभूत विद्यालयमा २१६ विद्यार्थी र १० जना शिक्षक रहेका छन् । खानेपानी ट्याङ्की निर्माणले उनीहरुलाई सहज हुने जनाइएको छ ।
       खानेपानी ट्याङ्की हस्तान्तरण कार्यक्रम अवसरमा लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीले नन्दिनाजका विद्यार्थी र विद्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा नन्दिनाजका कार्यकारी निर्देशक महेश बिष्टले विद्यालयले सामाजिक कार्य पनि गर्दै आएको बताए । उनले भने–‘आवश्यक परेको व्यक्ति र समुदायलाई सहयोग गर्नका लागि हामीले हाम्रा विद्यार्थीलाई प्रोत्साहन गर्दै आएका छौं । यसले उनीहरुलाई सामाजिक व्यक्ति बन्न मदत हुनेछ ।’