Close This

‘सहकारीमार्फत समृद्धि सम्भव’

आइतबार असोज २८, २०७५/ Sunday 10-14-18
Paschim Today

धनगढी, २८ असोज कैलालीको धनगढी उपहानगरपालिका वडा नम्बर मा रहेको नवज्योती सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको

                उक्त कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सहकारी संस्थाहरु समृद्धिको आधार रहेको बताए उनले सबैको सहकारीमा पहुँच वृद्धि गर्न आवश्यक रहेको बताए नगर प्रमुख वडले भने–‘ठूला बैंकहरुमा सबै नागरिकको पहुँच हुँदैन त्यसको विकल्पको रुपमापनि सहकारी संस्थाहरु रहेका छन् सहकारीहरुले व्यावसायिक कृषि क्षेत्रमा लगानी गर्नु पर्ने वडको भनाइ थियो उनले भने–‘जे गरेर जनताको जिवनस्तरमाथि उठ्न सक्छ, त्यसमा लगानी केन्द्रित हुनु आवश्यक नगरप्रमुख वडले शेयर सदस्यहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि सहकारी शिक्षा आवश्यक भएको बताए

 

नवज्योती सहकारी संस्थाका अध्यक्ष सीताराम रानाले हरेक शेयर सदस्यको पैसाको सुरक्षा गर्ने जिम्मेवारी आफूहरुको रहेको बताए उनले भने–‘छोटो समयमै राम्रो सफलता पाएका छौं यो सबै शेयर सदस्यहरुको सहयोगबाट सम्भव भएको हो

 

जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष विश्वप्रकाश पौडेलले अहिले सहकारी सम्बन्धी नयाँ ऐन आइसकेकाले यसको बारेमा सबैले जानकारी राख्नुपर्ने बताए नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका का सभापति देवबहादुर सेठीले नवज्योती सहकारी संस्थालाई व्यवस्थित बनाउँदै लैजाने बताए उनले भने–‘एउटा घरको छतमा बसेर केहि व्यक्तिले संचालनमा ल्याएको सहकारी अहिले व्यापक भएको एक वर्षभित्रै सहकारीको आफ्नै संरचना बनाउनेछौं