Close This

भलिबल प्रतियोगिता सम्पन्न

आइतबार असोज २८, २०७५/ Sunday 10-14-18
Paschim Today

धनगढी, २८ असोज विजया दशमी २०७५ को अवसरमा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ झलारी गाउँमा बिहीवारदेखि सुरु भएको वडास्तरीय भेट्रान पुरुष भलिबल प्रतियोगिताको शनिवार एक कार्यक्रमकाबीच समापन गरिएको धनगढी उपमहनगरपालिका प्रमुख नृप वडले प्रतियोगिताको समापन गरेका हुन

प्रतियोगितामा वडा नं पहिलो वडा नं दोश्रो भएका छन् राजपुरस्थित जनता राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा १९ वडाका १९ टिम थप आयोजक वडा टिम धनगढी उपमहानगरपालिकाको थप टिम गरी ११ टिमले सहभागिता जनाएका थिए

प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, द्वितीय हुनेले १५ हजार पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट खेलाडीले हजार उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट रेजरलाई जनही हजारका दरले पुरस्कार प्राप्त गरेको वडा अध्यक्ष विजयराज जोशीले बताए प्रतियोगितामा ३० वर्षभन्दामाथिका उमेर समूहका पुरुष खेलाडी सहभागी थिए

भलिबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख वडले राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल मात्रै नभएर समाजका लागि समेत खेलको महत्व रहेको बताए उनले वडा स्तरमा हुने यस्ता खेललाई निरन्तरता दिने बताए