Close This

विवेशीलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

आइतबार असोज २८, २०७५/ Sunday 10-14-18
Paschim Today

धनगढी, २८ असोज विवेकशील साझा पार्टी कैलाली जिल्ला समितिले बिजया दशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको

कार्यक्रममा विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमाल, सहसंयोजक दिनेशराज भण्डारी, कैलाली जिल्लाका संयोजक प्रकाश भट्ट, प्रवक्ता दान बहादुर रावलले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरे

ज्येष्ठ नागरिक संघका अध्यक्ष दिव्यदेव पन्त, पूर्व क्षेत्रीय शिक्षा निर्देशक नन्दराज पन्तहरीलाल गिरीले ज्येष्ठ नागरिकहरुको सम्मान गरेकोमा विवेकशील साझा पार्टीलाई धन्यवाद दिए

जिल्ला संयोजक प्रकाशचन्द्र भट्टले ज्येष्ठ नागरिकहरुको अनुभव आशिर्वादबाट मात्र मुलुकको विकास संभव हुने बताए उनले ज्येष्ठ नागरिकहरुलाई संरक्षण सम्मानको खाँचो भएको औंल्याए

कार्यक्रमको सञ्चालन विवेकशील साझा पार्टीका वडा नम्बर संयोजक सिद्धराज पनेरुले गरेका थिए भने जिल्ला कमिटी सदस्य केशव पौडेलले धन्यवाद ज्ञापन गरेका थिए कार्यक्रममा नगर संयोजक राजेश भाटले स्वागत मन्तव्य व्यक्त गरेका थिए कार्यक्रममा झण्डै दुई सय ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो