Close This

पत्रकार तेजु खड्काको खोजी गर्न आग्रह

सोमबार असोज २९, २०७५/ Monday 10-15-18
Paschim Today

विमल बिष्ट,

डोटी, २९ असोज गएको एक महिना देखी बेपत्ता भएका पत्रकार तेजबहादुर खड्कातेजुको खोजी कार्यकालागि पुनः पहल गर्न नेपाल प्रेस युनियन डोटी शाखाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पठाएका छन्

नेपाल प्रेस युनियन डोटी शाखामा आबद्ध पत्रकारहरुको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालय डोटी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए

उनले भने–‘सहकर्मी साथी तेजु हराएको एक महिना भन्दा बढी समय बितिसक्यो अत्तो पत्तो छैन पुनः खोजीका लागि हामीले प्रधानमन्त्री ज्यूलाई ध्यानाकर्षण पत्र पठाएका छौ पुनः खोजी गरे फेला पर्छन की ?

पत्रकारहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझदै डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकराज बोहराले जिल्ला प्रशासनको तर्फबाट पत्रकार तेजु खड्काको पुनः खोजीका लागि पहल गर्ने ध्यानाकर्षणपत्र सिधै प्रधानमन्त्री समक्ष पठाउने बताए डोटी घर भई बाजुरको बुढीनन्दा एफएममा कार्यरत पत्रकार तेजबहादुर खड्कातेजुगएको भदौ गते बाजुराको बडीमालिका मेलामा गएर फर्किने समयमा छाप्रे भन्ने ठाउँबाट एकाएक बेपत्ता भएका थिए

दशै आउदा समेत आफनो घरको सदस्य अहिलेसम्म फेला नपरेको भन्दै आफूहरु चिन्तित बनेको पत्रकार तेजुका दाजु जितबहादुर खड्काले बताए उनले भने–‘घरका मान्छेले केही पत्ता लाग्योकी भनेर मलाई सोध्छन् मैले के उत्तर दिऊ आफै अलमलमा छु पत्रकार खड्का रेडियो नेपाल केन्द्रीय तथा प्रदेश प्रशासरण केन्द्र दिपायलमा पनि कार्यरत थिए