Close This

निर्माणाधीन ६ लेन सडकबाट विद्युत पोल हटाइदैँ

सोमबार असोज २९, २०७५/ Monday 10-15-18
Paschim Today

अविनाश चौधरी,

धनगढी, २९ असोज कैलालीमा निर्माणाधीन मोहनापुलअत्तरिया लेन सडक निर्माण कार्यमा समस्या गरेको विद्युत पोल हटाउने कार्य धमाधम भइरहेको

                विद्युत पोल हटाउने जिम्मेवारी पाएको राजेन्द्र निर्माण सेवाले अहिलेसम्म दुई खण्डमा रहेको एकातिरको विद्युत पोल तार हटाउने कार्य अन्तिम चरणमा पुगेको जनाएको अर्कोतिर भने पोल तार हटाउने कार्य पूर्ण रुपमा बाँकी रहेको

 

                विद्युत प्राधिकरणले बेलैमा विद्युतसट डाउनगरेर सहयोग गरेमा अबको एक÷डेढ महिनामै विद्युत पोल तार हटाउने कार्य सम्पन्न गर्ने लक्ष्य रहेको राजेन्द्र निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन भट्टले बताए

                ‘एकातिरको पोल तार हटाउने कार्य लगभग ९० प्रतिशत पूरा भइसकेको ’, उनले अगाडि थपे–‘अर्कोतिर भने पूर्ण रुपमा बाँकी तर, नेपाल विद्युत प्राधिकरणले समयमै विद्युत सट डाउन गरेर सहयोग गरेमा पोल तार हटाउन अब बढीमा डेढ महिनासम्म लाग्नेछ

 

                निर्माणाधीन लेन सडक क्षेत्रमा रहेका अन्य भौतिक संरचना भत्काउने हटाउने कार्य भने सम्पन्न भइसकेको धनगढी उपमहानगरपालिका गोदावरी नगरपालिकाको पहलमा घर, टहरा जस्ता संरचना हटाइएको थियो

                विद्युत पोल तारहरु पूर्ण रुपमा नहटाइएसम्म दू्रत गतिमा काम गर्न भने बाधा पुग्ने निर्माण कम्पनीले बताएका छन् विद्युतीय संरचना पूर्ण रुपमा हटाउने कार्य सम्पन्न नभएकाले अहिलेसम्म नाली, कल्भर्ट, ड्रेन निर्माणको कार्य भइरहेको जनाइएको

 

                मोहनापुलदेखि अत्तरिया बजारको चौकसम्म १४ दशमलव किलोमिटर लम्बाई रहेको लेन सडक क्षेत्रमा घर, टहरा, खोका, रुख, विद्युत टेलिफोनको पोल तथा तारहरु रहेको थियो

                यसैबीच, लेन सडक निर्माणको कार्य पनि जारी रहेको अब चाडपर्व आइसकाले चार÷पाँच दिन पर्वको विदा गरेर निर्माण कार्यलाई पुनः तदारुकताका साथ अगाडि बढाउने प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी दिए

                यसअघि, भएको पटकपटकको अवरोधले निर्माण कार्य द्रूत गतिमा अगाडि बढ्न सकेको थिएन दुई वर्ष निर्माण अवधि रहेको मोहनापुलअत्तरिया लेन सडकको निर्माण कार्यमा एक वर्षभन्दा बढी समय खर्च भइसकेको हालसम्म सडक निर्माणको आधाभन्दा बढी काम भइसकेको मोहनापुलअत्तरिया लेन सडक निर्माण आयोजनाले जानकारी दिएको

 

विक्रम सम्वत २०७४ जेठ महिनाबाट निर्माण कार्य सुरु गरिएको थियो तर, लेन सडक क्षेत्राधिकारमा परेका भौतिक संरचना हटाउन ढिलाइ हुँदा काममा पनि ढिलाइ भएको थियो संरचना हटाउने कार्यको सुरुवातमै केहि घरजग्गा धनीले सर्वोच्च अदालतमा मुद्दा समेत हालेपछि केहि समय काम नै ठप्प भएको थियो

अवरोध हटेसंगै निर्माण कार्यले गति लिए पनि सडक निर्माणको कार्य भने तोकिएको समय सीमामा पूरा नहुने लगभग निश्चित रहेको जनाइएको चार÷पाँच महिना काम नभएकाले तोकिएको समयमा सडक निर्माण सम्पन्न गर्न नसकिने अवस्था देखिएको आयोजनाका सव इञ्जिनीयर भूपेन्द्र बडालले जानकारी दिएका छन् यो सडकलाई सम्पन्न गर्न केहि समय थप गर्न आवश्यक हुन सक्छउनले भने

कुल एक अर्ब ६८ करोड रुपिया लागतमा निर्माण हुने यो सडकको निर्माण कार्य तीन खण्डमा विभाजन गरी भइरहेको शून्यदेखि दशमलव (साढे चार) किलोमिटर दूरीको पहिलो खण्डमा शर्मा÷अम्मर÷नागार्जुन जेभीले निर्माणको काम गरिरहेको यी निर्माण कम्पनीले भ्याट सहित ५८ करोड १७ लाख १६ हजार रुपियामा ठेक्का पाएका छन्

 

यस्तै, साढे चार किलोमिटर  नै दूरी रहेको (साढे चारदेखि नौ किलोमिटर) दोस्रो खण्डमा ५२ करोड १४ लाख ३९ हजार रुपियामा ठेक्का पाएर लुम्बिनी÷राजेन्द्र÷डाँफे जेभीले काम गरिहेका छन् दशमलव किलोमिटर दूरी रहेको (नौदेखि १४. किलोमिटर) तेस्रो खण्डमा ५८ करोड ३३ लाख ११ हजार रुपियामा लामा÷राजेन्द्र÷डाँफे जेभीले काम गरिरहेका जनाइएको लेन सडक निर्माण भएमा आवतजावतमा धेरै सहज हुने बताइएको