Close This

छाता, झोला नपाएको गुनासो

मंगलबार असोज ३०, २०७५/ Tuesday 10-16-18
Paschim Today

धनगढी, ३१ असोज जिल्ला हुलाक कार्यालय कैलालीमा कार्यरत श्रेणीबिहीन हल्कारा डाँक बाहक हुलाकीले वर्षात्को बेला पाइने छाता, झोला बर्षादी नपाएको गुनासो गरेका छन्

                विभागबाट आफूहरुले पाउने यो सुविधा गत आर्थिक वर्षकै नपाएको उनीहरुको गुनासो यो सामग्री हामीहरुले जेठ महिनामै पाउनु पर्ने हो’, हल्कारा मदनराज अवस्थीले भने–‘तर, अहिलेसम्म पाएका छैनौं वर्षात्को समयमा चिठीपत्र, ढुवानी कार्यको लागि हल्कारा हुलाकीलाई विभागबाटै यो सुविधा उपलब्ध हुने गरेको

                जिल्ला हुलाक कार्यालय कैलालीका प्रमुख मेनका श्रेष्ठले छाता, झोला बर्षादीका आएको बजेट कार्यालयको आवश्यक सामग्री खरिदमा खर्च भएकाले दिन नसकिएको बताइन् उनले भनिन्–‘दोस्रो पटक पुनः बजेट माग गर्दै विभागलाई पत्र पठाएका थियौँ तर, बजेट नदिएपछि किन्न नसकिएको हो उनले चालू आर्थिक वर्षको बजेटबाट उक्त सामग्री खरिद गरिने बताइन्

                हल्कारा हुलाकीहरुले आफूहरुले पाउनु पर्ने सुविधा उपलब्ध गराइ दिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिएका थिए यहि विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमै हल्कारा, हुलाकी कार्यालय प्रमुखबीच भनाभन समेत भएको थियो उनीहरुबीच, आरोप प्रत्यारोप पनि भएको १७ जना हल्कारा, हुलाकीले कार्यालय प्रमुखले आफूहरुलाई थिचोमिचो गरेको आरोप लगाएका छन्

                तर, प्रमुख श्रेष्ठले कर्मचारीहरु आफूमाथि पूर्वाग्रही ढंगले आरोप लगाएको दावी गरेकी छिन् उनले भनिन्–‘उनीहरु पूर्व योजनाका साथ विरुद्ध लागेका छन् माथि गोलाबाट आएका माहुरी जस्तै खनिएका थिए

                हल्काराहरुले झोला, छाता नपाएको भन्दै अख्तियार अनुसन्धान आयोगमा पनि उजुरी दिएका थिए हुलाक कार्यालय जिल्ला प्रशासन कार्यालयमार्फत त्यसको जवाफ पठाइ सकेको जनाएको