Close This

पूँजीगतभन्दा चालू बजेट तेब्बर बढी खर्च

मंगलबार असोज ३०, २०७५/ Tuesday 10-16-18
Paschim Today

धनगढी, ३१ असोज चालू आर्थिक वर्षको पहिलो चौमासिकको तीन महिनामा सुदूरपश्चिम प्रदेश सरकारको चालू बजेट खर्च पूँजीगतभन्दा तेब्बर बढी भएको देखिएको

                प्रदेश सरकारले तलब, भत्ता सहित प्रशासनिक काममा खर्चिने चालू बजेट असोज महिनाको २८ गतेसम्म चार करोड ३० लाख ७८ हजार ३६५ रुपैया निकासा लिएको तीन महिनाको अवधिमा चालू खर्च जम्मा चालू बजेटको शून्य दशमलव ३८ प्रतिशत हुन आउँछ चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले चालूतर्फ ११ अर्ब १७ करोड ५७ लाख एक हजार रुपैया बजेट विनियोजन गरेको

                यसैगरी, विकास निर्माणको काममा खर्च हुने पूँजीगत बजेट खर्च भने पहिलो चौमासिकको तीन महिनाको अवधिमा निकै न्यून रहेको चालू बजेट तेब्बर बढी खर्च गरेको प्रदेश सरकारले असोज २८ गतेसम्म ४९ लाख ७४ हजार ७७४ रुपैयामात्र पूँजीगत बजेट निकासा लिएको चालू आर्थिक वर्षका लागि छुट्टयाइएको जम्मा पूँजीगत बजेटको खर्च .०४२ प्रतिशतमात्रै हुन आउँछ प्रदेश सरकारले चालू आर्थिक वर्षमा पूँजीगततर्फ ११ अर्ब ७१ करोड ४८ लाख १२ हजार रुपैया बजेट विनियोजन गरेको

                पूँजीगत बजेट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय सामाजिक विकास मन्त्रालयले निकासा लिएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको

                चालू आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले २२ अर्ब ८९ करोड लाख १३ हजार रुपैया बजेट विनियोजन गरेको आर्थिक वर्षको पहिलो चौमासिक व्यवस्थापनको समय रहेकाले पूँजीगत खर्च प्रगति चालूभन्दा न्यून देखिएको जनाइएको पहिलो चौमासिक योजना छनोट, ठेक्का सम्झौता, टेण्डर आह्वान लगायत हुने समय रहेकाले प्रदेश सरकारको पूँजीगत खर्च न्यून रहेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत यज्ञराज पाण्डेयले बताए

                ‘साउन, भदौ, असोज भनेको योजनाको ठेक्कपट्टा गर्ने समय हो’, उनले भने–‘यो अवधिमा भौतिक प्रगति भएको हुन्छ, तर, विकास बजेटमा वित्तीय प्रगति देखिदैंन काम गरेको बिल प्राप्त भएपछिमात्रै भुक्तानी दिने गरिएकाले वित्तीय प्रगति पछिमात्रै देखिन्छ

                तर, एक जना कर्मचारीले भने प्रदेश सरकारको मन्त्रालयमा सचिवहरु धेरै नबस्ने कारणले पूँजीगत बजेट खर्च न्यून रहेको दावी गरे उनले भने–‘हालसम्म निकासा भएको पूँजीगत बजेट पनि विकास निर्माणको लागि हुँदै होइन मन्त्रालयहरुले आवश्यक सामान खरिद वा मर्मतका लागि लिएका हुन किनभने विकास बजेट मन्त्रालयले होइन्, मन्त्रालय मातहतका कार्यालयहरुले खर्च गर्ने हो

                प्रदेश सरकारको मातहतमा रहेका कतिपय कार्यालय अझैसम्म स्थापना नै हुन सकेको छैन यसैगरी, मन्त्रालयको सचिवबिना मातहतका कार्यालयले खर्चको अख्तियारी नै नपाउने गरेको ति कर्मचारीको भनाइ मलाई लाग्छ, प्रायः मन्त्रालयमा सचिवहरु धेरै दिनसम्म बसेका छैनन्’,  उनले थपे–‘सचिव परिवर्तन हुने, भएका सचिव पनि यताउति जाने गरिएको देखिएको

                गत फागुनमा प्रदेश सरकार गठन भएको थियो प्रदेश सरकारको मन्त्रालयहरुमा अझै पनि दरबन्दी अनुसारको कर्मचारी आइ पुगेका छैनन्