Close This

शुदुरपश्चिमका पहाडि जिल्लाका यात्रु बढी भाडा तिर्न बाध्य

बुधबार असोज ३१, २०७५/ Wednesday 10-17-18
Paschim Today

बैतडी, ३१ असोज । 
दशैका लागि घर फर्किन लागेका यात्रुसँग बस तथा जीप व्यवसायीले चर्को भाडा लिई ठगिने गरेका छन् । 

भारतबाट झुलाघाट हुँदै घर फर्किने नेपालीसँग जीप व्यवसायीले चर्को भाडा असुल्ने गरेको गुनासो यात्रुहरुले व्यक्त गरेका छन् । झुलाघाटदेखि बैतडी सदरमुकामसम्म पुग्दा प्रतिव्यक्ति सय रुपैयाँ र साथमा ल्याएको झोला तथा अन्यसमानको पनि सय रुपैया लिने गरेको गुनासो उनीहरुको छ । 

यसैगरी अत्तरियादेखि बैतडीको भाडा रु। ६०० रहेको छ तर आफूले रु। एक हजार ५० तिरेर आएको बैतडी दशरथचन्द नगरपालिका–४ बुदखोलाका वीरेन्द्र तिरुवाले बताउनुभयो । 

दशैंको बेला यात्रु नठगिउन भनेर प्रहरीले नागरिक सहायता कक्षको स्थापना गरेको भएपनि यात्रुहरुले अनावश्यक भाडा तिर्न बाध्य भएका छन् । भाडा बढी लिएको गुनासो अहिलेसम्म प्रहरीमा नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिनुभयो । त्यस्तो गुनासो आएमा र त्यस्ता बढी भाडा लिने सवारीसाधन सञ्चालकलाई कारवाही गर्ने उहाँले बताउनुभएको छ । (रासस)