Close This

ताइवानमा भूकम्पको धक्का

मंगलबार कार्तिक ६, २०७५/ Tuesday 10-23-18
Paschim Today

ताइवानमा मङ्गलबार मध्यान्ह ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त भूकम्पको धक्का राजधानी ताइपेइमा समेत अनुभव गरिएको थियो। 

सर्भेका अनुसार मङ्गलबार अपराह्न १२ बजेर ३४ मिनेटमा गएको उक्त भूकम्पको केन्द्र जमिनको सतहबाट ३४ किमी तल रहेको छ। भूकम्पबाट तत्काल कुनै हताहती वा क्षतिको विवरण प्राप्त भएको छैन। ताइवानको केन्द्रीय मौसम विज्ञान विभागले भने उक्त भूकम्प ६ रेक्टर स्केलको रहेको जनाएको छ। 

स्थानीय सञ्चार माध्यमले भूकम्पको धक्का पूरै ताइवानमा अनुभव गरिएको बताएका छन्। यसै वर्षको फेब्रुअरीमा समेत हुवालीनमा ६.४ म्याग्नीच्यूडको भूकम्प गएको थियो । त्यसबखत १७ जनाको मृत्यु भएको थियो। 

ताइवान पनि भूकम्पीय जोखिममा रहेको स्थान हो। सन् १९९९ को सेप्टेम्बरमा गएको ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण करिब २ हजार ४०० को मृत्यु भएको थियो।