सत्तारुढ नेकपाले वैधानिकता पायो

SITENAME

काठमाडौं, ९ कात्तिक । 
निर्वाचन आयोगले नाम विवाद टुंग्याउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई वैधानिकता दिएको छ ।

तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले नाम खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।


प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दालको इजलासले शुक्रबार दुई दलको फरक फरक अस्तित्व देखिएकाले कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको हो । फैसलाअघि दुबै नेकपाका प्रतिनिधिसँग आयोगले गत वुधबार छलफल गरेको थियो ।

आयोगका प्रवक्ता दीपक सुवेदीका अनुसार कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अलग अलग पहिचान देखिने हुँदा निवेदकको निवेदन खारेज हुने फैसला गरिएको हो ।अनलाइनखबर

प्रतिकृया दिनुहोस
SITENAME

सामाजिक बिकास मन्त्रि सुबेदी आफै बाटो मर्मत गर्न हिडेपछि (फोटोफिचार)

धनगढी, ३० कार्तिक । शुदुर पश्चिम प्रदेशका सामाजिक बिकास मन्त्रिको सक्रियतामा बास्कोटा अत्तरीया जोड्ने सडक मर्मत गरीएको छ ।  नब नियूक्त सामाजिक

SITENAME

नेकपाभित्र थप व्यक्ति कारबाहीको दायरामा

धनगढी, ३० कार्तिक। आचरण मूल्याङ्कनमा गम्भीर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी आबद्ध थप व्यक्तिमाथि कारबाहीको

SITENAME

यसकारण सोडारीलाई बर्खास्त

धनगढी, २९ कार्तिक ।  सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री र पार्टीबाटसमेत निश्कासनमा परेका नेकपा नेता दीर्घ सोडारीलाई पार्टीको शीर्ष