टीकापुर उद्यान पर्यटकको गन्तव्यस्थल

SITENAME

धनगढी, ९ कात्तिक ।

घुम्न जाने पर्यटकका लागि कैलालीको टीकापुरमा रहेको बृहत् उद्यान (टीकापुर पार्क) आकर्षक गन्तव्य बन्न थालेको छ । 

पार्क छेउमै रहेको कर्णाली नदीको कलकल बग्ने पानी, नदीको छालमा गरिने जलयात्रा (¥याफ्टिङ)को रोमाञ्चकारी यात्रा र पार्कमा फुलेका झण्डै ४२ प्रजातिका रङ्गीविरङ्गी गुलाफका फूलले पर्यटकलाई आकर्षित गरेको हो । जिल्लाको पूर्वी क्षेत्रको टीकापुर बजार घुम्न जाने पर्यटकका लागि टीकापुर उद्यान पहिलो रोजाइमा पर्छ । पर्यटकको आगमन बढेसँगै उद्यानको आम्दानीमा समेत वृद्धि भएको उद्यानका प्रमुख अर्जुन कुँवरले बताउनुभयो । 

दशैँको समयमा प्रवेश शुल्कबापत उद्यानले रु ८९ हजार आम्दानी गरेको छ । देशका विभिन्न जिल्लाबाट दैनिक २०० देखि ५०० जनासम्म आन्तरिक पर्यटक पार्क अवलोकन गर्न आउने गरेका छन् । उद्यानमा प्रवेश शुल्कबापत आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति रु २५, प्रतिविद्यार्थीका लागि रु १५, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु १५० तथा सार्कबाहेकका राष्ट्रबाट आउने पर्यटकका लागि रु ३०० शुल्क तोकिएको छ । उद्यानमा कात्तिकदेखि जेठसम्म बढी पर्यटक घुम्न आउने गर्दछन् । 

दशैँ सकिएपनि यतिबेला वनभोज खान आउनेको उद्यानमा घुइँचो लागेको छ । विसं २०२८ मा स्थापना गरिएको सो उद्यानको नौ बिघामा फलफूल र फूलको बगैँचा छ । टीकापुर बजारदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको उक्त उद्यानमा तत्कालीन राजा महेन्द्रले एक महीना बसेर स्वास्थ्य लाभ गरेका गरेका थिए । उद्यानमा महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम बाटिका लगायतका संरचना छन् । (रासस)

प्रतिकृया दिनुहोस
SITENAME

घोडाघोडीको सुन्दरतामा हरिहाँस ‘सुनमा सुगन्ध’

अविनाश चौधरी । धनगढी, ८ माघ । घोडाघोडी ताल प्राकृतिक दृश्यले यसै पनि मनमोहक । अझै यहाँको सुन्दरतामा सुनमा सुगन्ध थपेका छन्, रैथाने प्रजाति हरिहाँसले ।

SITENAME

खप्तड आउने पर्यटक वृद्धि

डोटी, ३ माघ ।  सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म

SITENAME

कारको ठक्करबाट भाले पाटे बाघ गम्भीर

बर्दिया, २७ पुस । बर्दिया राष्ट्रिय निकुञ्जको अम्रेनी चेक पोष्ट नजिक शुक्रबार बिहान कारको ठक्करबाट एउटा पाटे बाघ गम्भीर घाइते भएको छ । पूर्व पश्चिम