खाजा खर्च जोगाएर औषधालयका लागि मेशिन खरिद

कञ्चनपुर, ११ कात्तिक । 
खाजा खर्च जोगाएर कञ्चनपुरको झलारी आयुर्वेदिक औषधालयका लागि मेशिन खरिद गरिएको छ । औषधालय व्यवस्थापन समितिका पदाधिकारीले बैठक खाजाका लागि उपलब्ध हुने भत्ताको रकम खर्चेर मेशिन खरिद गरेका हुन । 

भत्ताको रकमबाट औषधालयका लागि रु २० हजार मूल्य पर्ने अक्सिजन ब्लड सर्कुलेट्री मेशिन र रु १० हजार मूल्य पर्ने इलेक्ट्रिक म्याट खरिद गरिएको औषधालय व्यवस्थापन समितिका सदस्य राजेन्द्रप्रसाद पाण्डेयले बताउनुभयो । “खाजा भत्ताको रकम सङ्कलन गरी भारतबाट औषधालयका लागि आवश्यक पर्ने मेशिन खरिद गरी हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो । 

उपलब्ध गराइएका मेशिनले फिजियोथेरापी गर्नमा सघाउ पुग्ने औषधालयका वैद्य दिवाकर जोशीले बताउनुभयो । औषधालयमा नगर प्रमुख संरक्षक रहेको सात सदस्यीय व्यवस्थापन समिति रहेको छ । औषधालयमा आयुर्वेदिक औषधिको सहयोगमा बिरामीको उपचार हुने गरेको छ । औषधालयले पञ्चकर्म सेवासमेत सञ्चालन गरेको छ । (रासस)
 

प्रतिकृया दिनुहोस
SITENAME

बैतडीका शिक्षा प्रमुख अवस्थीद्धारा अपाङगता भएका बालिकालाई घरमै पढाउने व्यवस्था

त्रिप्ति शाहि, बैतडि, २८ पुष । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ देहिमाण्डौका पूर्णबहादुर बोहराका अपांगता भएका दुईछोरीको पठनपाठनका लागि घरमै

SITENAME

दुर्गमका विद्यालय – वर्षमा दुई महिना मात्रै पढाइ

बझाङ, २८ पुष । साइपाल गाउँपालिकाको धलौन माध्यमिक विद्यालयको ७ कक्षामा पढ्ने कविता धामी कात्तिक १५ देखि नै फुर्सदमा छिन् । अर्धवार्षिक परीक्षा दिएर

अमेरिका बस्ने जोशीले राष्ट्रिय माविलाई दिए ७० लाख रुपैयाँ

धनगढी, १९ पुस । अमेरिकाको पश्चिम भर्जिनियाको फायरमाउण्ट निवासी प्रा.डा. तुलसीराम जोशीले धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी स्थित श्री राष्ट्रिय