कांग्रेस नेताहरुबीचको किचलो उस्तै, केन्द्रीय समितिको बैठक बोलाउन दबाब

SITENAME

काठमाण्डौ, ११ कार्तिक ।
नेपाली कांग्रेसको विधान टुंग्याउन भइरहेको ढिलाइले महासमितिको बैठक नै प्रभावित हुने आशंका बढिरहेका बेला तत्काल केन्द्रीय समितिको बैठक बोलाउन नेतृत्वमाथि दबाब बढेको छ ।

विधानलाई अन्तिम रुप दिएर महासमितिको बैठक सुनिश्चित गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको हो ।

नेपाल विद्यार्थी संघमा उमेर हद तोक्दा नेताहरुबीच विवाद बढेपछि पछिल्लो पटक बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको थियो ।

अहिले पनि शीर्ष नेताहरुबीच यो विषयमा सहमति जुट्न सकेको छैन ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले केन्द्रीय समिति बैठक नै बहिस्कार गर्ने चेतावनी दिएपछि स्थगित बैठक बोलाउन अब थप ढिलाई भए महासमिति नै प्रभावित हुने देखिएको छ ।

कांग्रेसले महासमिति बैठक मंसिर ५ देखि काठमाडौंमा गर्ने तय गरेको छ ।

महासमितिको मुख्य एजेन्डाको रुपमा रहेको विधान अझै मस्यौदा समितिले टुंग्याउन सकेको छैन ।

पार्टी विधान नटुंगिएकाले केन्द्रीय समिति बैठक नबोलाइएको बताइएको छ । समितिमा नै विधानको बारेमा एक मत छैन ।

सभापतिलाई दिने अधिकार, पदाधिकारी चयन प्रक्रिया, महाधिवेशन प्रतिनिधिको प्रतिनिधित्व लगायतका विषय टुंगो लाग्न बाँकी छ ।

केन्द्रीय सदस्य दिपक गिरी महासमिति बैठक प्रभावित नहुने गरी तत्काल केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बताउँछन् ।

कांग्रेसले महासमितिमा पेश गर्ने प्रतिवेदनको तयारीका लागि विभिन्न समिति बनाएर काम गराइरहेको छ ।

केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे विधान मस्यौदा समितिले विधानलाई अन्तिम रुप दिएपछि केन्द्रीय समिति बैठक बस्ने बताउँछन् ।

केन्द्रीय समितिको बैठक बस्नुअघि विधान मस्यौदामा देखिएका विवाद समाधान गर्नुपर्ने हुन्छ ।

त्यसका लागि शीर्ष नेताहरुबीच अहिलेसम्म ठोस छलफल भएको देखिँदैन ।

यसले कांग्रेसको महासमितिको बैठक नै प्रभावित हुने सम्भावनालाई समेत नकार्न सकिँदैन । ईमेजखवर

प्रतिकृया दिनुहोस
SITENAME

सामाजिक बिकास मन्त्रि सुबेदी आफै बाटो मर्मत गर्न हिडेपछि (फोटोफिचार)

धनगढी, ३० कार्तिक । शुदुर पश्चिम प्रदेशका सामाजिक बिकास मन्त्रिको सक्रियतामा बास्कोटा अत्तरीया जोड्ने सडक मर्मत गरीएको छ ।  नब नियूक्त सामाजिक

SITENAME

नेकपाभित्र थप व्यक्ति कारबाहीको दायरामा

धनगढी, ३० कार्तिक। आचरण मूल्याङ्कनमा गम्भीर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी आबद्ध थप व्यक्तिमाथि कारबाहीको

SITENAME

यसकारण सोडारीलाई बर्खास्त

धनगढी, २९ कार्तिक ।  सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री र पार्टीबाटसमेत निश्कासनमा परेका नेकपा नेता दीर्घ सोडारीलाई पार्टीको शीर्ष