अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतको निमन्त्रणा अस्वीकार

SITENAME

वासिंटन, ११ कार्तिक । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको निमन्त्रणा अस्वीकार गरेका छन् ।

भारतले गणतन्त्र दिवसका अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरेको थियो । तर ट्रम्पले आफू भारत नआउने जानकारी दिएको भारतीय अधिकारीको भनाइ उद्धृत गर्दै भारतको अखबार ‘टाइम्स अफ इन्डिया’ ले जनाएको छ ।

अमेरिकी अधिकारीले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई यसबारे सूचना दिएको बताइन्छ । अमेरिकी राष्ट्रपति ट्रम्प घरेलु कार्यक्रममा व्यस्त रहने भएको भन्दै भारत भ्रमणका लागि असमर्थ रहने जानकारी भारतीय अधिकारीलाई दिइएको जनाइएको छ ।

घरेलु कार्यक्रममा व्यस्ततालाई ट्रम्पले कारणका रुपमा देखाए पनि कुटनीतिक मामलाका विज्ञहरु पछिल्लो समय अमेरिका र भारतबीचको सम्बन्धमा देखिएको दुरीका कारण नै ट्रम्प भारत भ्रमणका लागि अनिच्छुक रहेको बताउँछन् । भारतले हालै रुससँग ‘एयर डिफेन्स सिस्टम एस–४००’ खरिद गर्ने सम्झौता गरेका कारण अमेरिकाले भारतसँग दुरी बनाएको हो ।

अमेरिकाले यसअघि नै भारतलाई रुससँग उक्त सम्झौता नगर्न सुझाव दिएको थियो । तर अमेरिकी सुझावलाई बेवास्ता गर्दै भारतले रुससँग सम्झौता गरेका कारण पछिल्लो समय भारतसँग अमेरिका असन्तुष्ट रहँदै आएको छ ।

उल्लेखनीय छ, भारतले आफ्नो गणतन्त्र दिवसका अवसरमा विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई मुख्य अतिथि बनाउँदै आएको छ । सन् २०१५ मा गणतन्त्र दिवसका अवसरमा भारतले तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई मुख्य अतिथि बनाएको थियो । ९एजेन्सी०

प्रतिकृया दिनुहोस
SITENAME

इरानविरुद्ध अमेरिकाले पुनः प्रतिबन्ध लगाएपछि इरानले भन्योः मनोवैज्ञानिक युद्ध किन ?

काठमाडौं, १७ कार्तिक । अमेरिकाले इरानविरुद्ध पुनः प्रतिबन्ध लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सन् २०१५ मा हटाइएका इरानविरुद्धका सबै

SITENAME

ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित

काठमाडौं, १२ कार्तिक ।  ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित भएका छन् । हिजो भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी

SITENAME

ताइवानमा भूकम्पको धक्का

ताइवानमा मङ्गलबार मध्यान्ह ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त