Close This

निर्मला पन्तको घटना द भ्वाइसमा, सारंगी धुनसँगै जज र दर्शकको आँसु थामिएन – भिडियो सहित

सोमबार कार्तिक १२, २०७५/ Monday 10-29-18
Paschim Today

धनगढी, १२ कार्तिक । 
महेन्द्रनगर, बलात्कार पछि हत्या गरिएकी १३ बर्षीय निर्मला पन्तले अझै सम्म न्याँय पाएकी छैनन् । गत साउन १० गते भीमदत्त नगरपालिका १८ स्थित, साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी पन्तको भोली पल्ट घर नजिकैको उखुँबारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । त्यस यता कञ्चनपुरमा तनाव सृजना हुँदै आएको थियो ।
पिडित पक्षले न्यायका लागि सम्बन्धित सबै पक्षहरु संग हारगुहार गर्दा पनि न्याय पाउन सकेका छैनन् । उक्त घटनामा छानबिनमा लापरवाहि गरेको भन्दै तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र वडा इन्चार्ज जगदिश भट्ट बर्खास्त गरिएका छन् भने सीआईबीका डिएसपी अंगुर जिसी लगायत अनुसन्धानमा संलग्न अन्य केही प्रहरी निलम्बनमा परेका छन् । साथै मृतक पन्तको परिवार शोखमग्न भएको छ । चाँडबाड नआए हुन्थ्यो जस्तो परिवारका सदस्यहरुलाई लाग्ने गरेको छ । चाँडबाँडका बेला छोरीको याद बेस्सरी आउने गरेको आमा दुर्गा देवी पन्तले सुनाईन् । दशैंको बेला छोरीको धेरै याद आएको मृतकी कान्छी आमा ९नामहाल्नु होला०ले बताईन् ।

“आफ्नै कोख बाट जन्म नदिए पनि निर्मला आफ्नो लागि जन्म दिएकी छोरी भन्दा प्यारी थिइन्” भक्कानिदै कान्छि आमाले बताईन् । छोरीको यादमा भावविहोल हुदै आमा दुर्गा देबि पन्त र कान्छी आमाले गीत समेत लेखेका छन् । साथै छोरीले आज सम्म न्याय नपाएको दुख बेदना गीत मार्फत पोखेका छन् । पब्लिक आवाजको टीम यस घटनामा विशेष रिपोर्ट तयार पार्न कञ्चनपुर स्थित मृतक पन्तको घरमा पुग्दा दुवै आमाहरुले गीत सुनाउने ईच्छा व्यक्त गरे ।

द भ्वाइस’मा निर्मला पन्तको घटना, सारंगीसँगै रोए जज र दर्शक